सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

गोरखाको चुमनुब्रीमा मान्द्रुङ खोलाले ४ घर बगायो

गोरखाको चुमनुब्रीमा मान्द्रुङ खोलाले ४ घर बगायो

चुमनुब्री गाउँपालिका-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८३, आइतबार

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-४ मा मान्द्रुङ खोलामा आएको बाढीले ४ वटा घर बगाएको छ । गएराति साढे ३ बजेको समयमा आएको बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

भारी वर्षापछि मान्द्रुङ खोलामा बाढी आउँदा सो गाउँपालिकाको वडा नम्बर-४ र वडा नम्बर-२ जोड्ने फलामको पुल समेत बगाएको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । बाढीबाट मानवीय क्षति भने नभएको र अहिले वर्षा रोकिएका कारण खोला घट्ने क्रममा रहेको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->