पोखरा / पोखरा–२५ याम्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृतकमा स्याङजा घर भई पोखरा–५ मालेपाटन बसने २१ वर्षीय मुक्तबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज आइतबार पौने १ बजे रोक्का याम्दी खोलामा पौडी खेल्ने क्रममा अचानक खोलामा डुबेका थिए । उक्त खबर प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको कमाण्डमा १० जनाको टोली खटि गई निजलाई तत्काल उद्दार गरी उपचारको लागी मणिपाल अस्पताल लगेकोमा २ बजेर १ मिनेटको समयमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।





