सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

शवस्थलमा चीरशान्तिको कामना गरिने

शवस्थलमा चीरशान्तिको कामना गरिने

हालसम्म परिवारजनलाई हस्तान्तरण गर्न नसकिएका ७८ वटा शव राखिएको स्थानमा, धार्मिक गुरुहरूबाट विधिपूर्वक पाठ/पारायण गरी चिरशान्तिको कामना गरिने पाेखरा महानगर प्रमुख धनराज आचार्यले जनाएका छन् ।


  • ढाेरपाटन संवाददाता
  • भाद्र २१ २०८३, आइतबार
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

पोखरा / भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरुको स्मरण तथा दुर्घटनाको १३ औं दिनका अवसरमा सोमबार पोखरामा श्रद्धाञ्जली सभासहित दीप प्रज्वलन गरिने भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार सार्वजनिक अपिल गर्दै उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरेका छन् । पोखरा-१६, जौवारीस्थित पोष्टमार्टमका लागि ल्याइएका तर हालसम्म परिवारजनलाई हस्तान्तरण गर्न नसकिएका ७८ वटा शव राखिएको स्थानमा, धार्मिक गुरुहरूबाट विधिपूर्वक पाठ/पारायण गरी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिने उनले जनाएका छन् । उक्त अवसरमा दिवंगतहरूप्रति श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलनसमेत गरिने कार्यक्रम रहेको छ।

‘बाढीले ठूलो धनजनको क्षति हुनुका साथै कैयौँ दाजुभाइ तथा दिदीबहिनीहरूले असामयिक रूपमा ज्यान गुमाउनुभएको दुःखद् घटना हामी सबैका लागि अत्यन्त पीडादायी बनेको छ,’ मेयर आचार्यले भनेका छन, ‘उक्त विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूको स्मरण तथा सम्मानमा कार्यक्रम गर्न लागिएको हो ।’ कार्यक्रम बिहान ८ बजे हुनेछ ।

साथै, भोलि साँझ पोखरा महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरू तथा विभिन्न सार्वजनिक स्थलहरूमा दीप प्रज्वलन गरी, यस दुःखद् विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति सम्मान, श्रद्धाञ्जली तथा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरिदिनुहुन सम्पूर्ण नगरवासी, संघसंस्था, सामाजिक अभियन्ता तथा सरोकारवालासमक्ष आचार्यले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->