सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

बाढीमा १३४२ को मृत्यु, ९८ जनाको सनाखत: विपद् प्राधिकरण

बाढीमा १३४२ को मृत्यु, ९८ जनाको सनाखत: विपद् प्राधिकरण

'९८  वटा शवको सनाखत भइसकेको छ । सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको  डीएनए परीक्षणको कार्य समेत भइरहेको छ'


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८३, आइतबार

काठमाडौं / भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा ज्यान गुमाएका मध्य ९८ जनाको सनाखत भएको छ ।

उनीहरूको शव परिवारलाई हस्तान्तरण समेत भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन् । ‘९८  वटा शवको सनाखत भइसकेको छ । सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको  डीएनए परीक्षणको कार्य समेत भइरहेको छ,’ उनले भनिन् ।

प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी रहेको छ । हाल त्रिशूली–३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली–३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर उद्धार टोलीले खोज जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->