सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

बागलुङ बिनामारेका महिलाहरुले दरखाने कार्यक्रम स्थगित गरेर दिए राहत कोषमा सहयोग

बागलुङ बिनामारेका महिलाहरुले दरखाने कार्यक्रम स्थगित गरेर दिए राहत कोषमा सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

बागलुङ / आज देश राष्ट्रिय शोकमा छ । भोटेकोशी बाढीको वितण्डले हरेक नागरिकलाई दुःखी बनाएको छ । दुःखको यस घडीमा विशेषगरी भदौ महिना महिला दिदिवहिनीहरुले मनाउने तीज पर्व प्रत्यक्ष प्रभावित भइरहेको छ । यस्तो अवस्थामा महिलाहरुले तीज पर्वलाई थाती राखेर दर खान छुट्टाएको रकम बाढी पिडितलाई सहयोग गर्ने गरेका छन् ।

यस्तै मेसोमा बागलुङ जैमिनीका महिला दिदीबहिनीहरुले पनि तीज खर्च कटाएर भोटेकोशी बाढी पिडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग प्रदान गरेका छन् । जैमिनी-५ बिनामारे (साबिक वडा न १ र २) सिम्लेका महिलाहरुले नियमित रुपमा हरितालिका तीज पर्व दरखाने कार्यक्रम स्थगित गरी रु. १९ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

उनीहरुले सो रकम सिधै राहत कोषमा जम्मा गरेका हुन् । विपतीले आफुहरुलाई सहयोग गर्नुपछ भन्ने भावना आएर यसबर्ष दर नखाने निर्णयका साथ सो रकम हस्तान्तरण गरेको महिला दिदीबहिनीहरुले बताए । स्थानीय अगुवा देवेन्द्र रेग्मीका अनुसार उनीहरुले स्वतस्फूर्तरुपमा पिडा महशुस गरी प्रधानमन्त्री राहत कोषमा सहयोग प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->