पोखरा/ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रदिप राजभण्डारी विजयी नजिक पुगेका छन् । उनले गणता हुन बाँकी मत भन्दा बढीको अग्रता कायम गरिसकेका छन् । २ हजार मत गन्दा प्रदीपले १०२४ मत पाएका छन् । यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी यादव प्रसाद पोखरेलले ५७७ र रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) ले ३८७ मत पाएका छन् ।





