पोखरा/ पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदीप प्रधानाङ्ग निर्वाचित हुने पक्का भएको छ । उनले २००० मत गणना हुँदा १०८० मत पाएका छन् । तारानाथ ढुंगानाले ९१४ मत ल्याएका छन् ।
प्राप्त मत अनुसार प्रधानाङ्गले ५४.२ प्रतिशत र ढुंगानाले ४५.८ प्रतिशत पाएका हुन् ।





