सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । पोखराकै सबैभन्दा पुरानो सामाजिक संस्था संघमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित भएर गौतमले ईतिहास रचेकी छन् ।

३६ औ महाधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा गौतमले २ हजार मत गणना गर्दा ६५९ मत पाइन । उनी यसअघि संघको महासचिव थिइन् । यद्यपी निर्वाचन समितिले निर्वाचित घोषणा गर्न भने बाँकी छ ।

यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ५६७ मत ल्याए भने अर्का प्रत्यासी उत्तममान बज्राचार्यले ५३१ मत पाए । यसैगरी अध्यक्षका अर्का उम्मेदवार बलराम आचार्यले २२७ मत ल्याए ।

अध्यक्षमा निर्वाचित गौतम करिब २६ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको कार्यालय अगाडि सानो चिया पसलबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेकी थिइन । गौतमले हाल ब्युटी पार्लर, लुब्रिकेन्ट, फेसन तथा इभेन्ट म्यानेजमेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी लगायतका विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेकी छन् । २०७३ मा साधारण सदस्यका रूपमा पोखरा उद्योग वाणिज्य संघमा प्रवेश गरेकी उनले कार्यसमिति सदस्य (सर्वाधिक मतसहित विजयी), उपमहासचिव हुँदै महासचिवको भूमिका सफलतापूर्वक निभाइसकेकी छन् ।

उनले सुदृढ संघ, सक्षम नेतृत्व र समावेशी टिम, जुझारु नेतृत्व—सबल संघ, समृद्ध पोखराु जस्ता नाराका साथ चुनावी प्यानल नै बनाएर आफ्नो १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी थिइन् । यस अन्तर्गत मेड इन पोखरा,अभियान, महिला तथा युवा उद्यमशीलता, र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनलाई उनले प्राथमिकतामा राखेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->