आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

क्षमा पूजा र कल्प जारी

क्षमा पूजा र कल्प जारी

देशकै पहिलो नवग्रह मन्दिरमा क्षमा पूजा र अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प सोमबारसम्म चल्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८३, आइतबार

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका १ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प (महाअनुष्ठान) सुरु भएको छ । कल्प सोमबारसम्म चल्नेछ ।

यहाँको नवग्रह धाममा भोटेकोशी बाढीमा परेका नागरिककालागि क्षमा पूजा र मानव जीवनका सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि महाअनुष्ठान आयोजना गरिएको हो । ‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मर्मका साथ सञ्चालन भएको यो नवग्रह महायज्ञ साधारण पूजा वा हवनमात्र नभई कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा हजारौँ वर्षअघि महर्षिहरूले गुप्त राखेको दुर्लभ महासाम्राज्य विधान अनुसार गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

महाअनुष्ठान कलि युगको कठोर शास्त्रोक्त विधान अनुसार ५ लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजप अनुष्ठान गरिनेछ । विद्वान वैदिक ब्राह्मणहरूद्वारा सूर्यका लागि सात हजार, चन्द्रका लागि एघार हजार, मंगलका लागि दस हजार, बुधका लागि नौ हजार, गुरुका लागि उन्नाइस हजार, शुक्रका लागि सोह्र हजार, शनिका लागि तेइस हजार, राहुका लागि अठार हजार र केतुका लागि सत्र हजार जप सम्पन्न गरी त्यसको चार गुणा कलि–विधान पूरा गरिने छ ।

जपपश्चात् नौ वटै ग्रहका लागि तोकिएका विशेष वनस्पति र समिधा जस्तै सूर्यलाई आँक, चन्द्रलाई पलाश, मंगललाई खदिर र शनिलाई शमीको प्रयोग गरी हवन गरिनेछ । हवन कुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह र विशेष जडीबुटीयुक्त नवधान्य र द्रव्यको आहुति दिइने नवग्रह मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए ।

नवग्रहका साथै तिनका शासक अधिदेवता र प्रत्यधिदेवता जस्तै सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुको समेत विशेष तर्पण र आहुति गरिनेछ । यस अनुष्ठानको अद्भुत र शक्तिशाली पक्ष भनेको २८ गते मध्यराति १२ बजे गरिने अघोर पूजा र तान्त्रिक विधि अनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्विक बलि दिइनेछ ।

मन्त्रको अखण्ड गुञ्जनबीच मध्यराति गरिने यो बलि छेदनले यजमान वा दर्शनार्थीमाथि लागेको वर्षौँदेखिको ठूलो ग्रहदोष, अदृश्य बाधा र संकटलाई तत्कालै तानेर भस्म गरिदिनेछ ।
तीन दिनसम्म चल्ने यो महाअनुष्ठानमा ५० हजार भक्तजनले मन्दिरमा पूजा आराधाना गर्ने अनुमान छ ।

हरेक वर्ष गणेश चतुर्थीको अवसमार गरिने र नवग्रह बनेसँगै पहिलो पटक गरिन लागेको महाअनुष्ठानमा नवभुज आकारको आकासतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिरमा आकाश तर्फ फर्केको सौर्यमण्डलिय ब्रमाण्डको प्रतिमाको समेत प्रत्यक्ष रुपमा हेर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->