बागलुङ/भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) मनाइँदै छ । आइतबारदेखि सुरू भएको तीजको मुख्य दिन आज व्रत बसेर मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तीजको दिन शिवालयमा भक्तजनहरूको भिड लाग्छ ।





