आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

युवा व्यवसायी आदित्य पोखरेललाई डागर स्मृति पुरस्कार

युवा व्यवसायी आदित्य पोखरेललाई डागर स्मृति पुरस्कार


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८३, शुक्रबार

पोखरा/डागर स्मृति प्रतिष्ठान नेपालले संस्थाको ११ औं वार्षिक साधारण सभा, डागर स्मृति पुरस्कार २०८३ अर्पणसहित २५ औं स्मृति सभा आयोजना गरेको छ ।

सो अवसरमा डागर स्मृति पुरस्कार–२०८३ बाट युवा व्यवसायी आदित्य पोखरेल पुरस्कृत भए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, भारतीय पेन्सन क्याम्पका पोट्रोकल इन्चार्ज भरतभूषण पाण्डे, प्रतिष्ठानका संस्थापक रमा पराशर, उपाध्यक्ष सरिता तिम्सिनालगायतले उनलाई पुरस्कार प्रदान गरे ।

कार्यक्रममा मेयर आचार्यले राजन पराशर डागरको स्मृतिमा संस्था स्थापना भएर सेवाका क्षेत्रमा क्रियाशील रहनु अमर प्रेमको नमूना रहेको बताए । उनले आफू पनि पुस्तक व्यवसायबाट अगाडि बढेकाले राजन पराशर र रमा पराशरलाई नजिकैबाट चिनेको बताउँदै रमा पराशरको अन्तिम अभिलाषा पुस्तक खोजेर पढ्न सुझाए ।

भारतीय पेन्सन क्याम्पका पोट्रोकल इन्चार्ज भरतभूषण पाण्डेले विगत ३५ वर्षदेखि पोखरामा रहने क्रममा राजन पराशर डागर र रमा पराशरलाई आफूले चिन्ने अवसर पाएको बताए ।नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण पोखरेलले राजन पराशर बिरामी परेको बेला आफूले दुई महिनासम्म साथमा रहने अवसर पाएको स्मरण गरे ।

पोखरा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तिलक पुन पुर्जाले पोखरामा आफूले कलालाई व्यवसायीकरण गर्ने अभियानमा लाग्दै गर्दा राजन पराशर डागरलाई चिनेको स्मरण गर्दै रमा पराशरको समर्पण भावप्रति सम्मान व्यक्त गरे ।शिक्षक प्रेमनारायण पानी पोखरेलले आदित्य पोखरेल आफ्ना विद्यार्थी नभएर सहकर्मी भएको र परिवारले पनि सन्तानलाई व्यवसायमा लाग्न प्रेरित गरी स्वदेशमै राख्ने वातावरण सिर्जना गरेको भन्दै खुुसी व्यक्त गरे ।

पुरस्कृत प्रतिभा आदित्य पोखरेलले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारीबोध सहित अगाडि बढ्नका लागि प्रेरणा मिलेको धारणा राखे । उनले पुरस्कार रकममा ५ हजार ५ सय ५५ थप गरी संस्थाको अक्षयकोष वृद्धिका लागि हस्तान्तरण गरे ।

प्रतिष्ठानकी संरक्षक रमा पराशरले राजन पराशरले भौतिक रूपमा छोडेका २५ वर्षसम्म आफूलाई धन, सम्पत्ति भन्दा पनि आफन्त कमाउने, सेवा र सहयोग कर्ममा बितेकाले बाँकी दिन पनि यसरी नै बिताउन चाहेको बताइन् ।

यो पुरस्कारबाट हालसम्म समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमलकुमारगुरुङ,समाजसेवा तथा संस्कृति सेवातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा, स्वास्थ्यसेवी डा तुलिका दुवे, युवा पाइलट दीक्षान्तजंग राणा, युवा उद्यमी भाष्कर उपाध्याय, राहुल उपाध्याय यस अघि पुरस्कृत भइसकेका छन् ।

लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष सरसिज पालिखेलेसंस्थाको अक्षयकोषका लागि १० हजार सहयोग गरिन् ।कार्यक्रममा पूर्व सम्मानित प्रतिभा भीम रानाभाट, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष लक्ष्मण थाप, सचिव असफल गौतमले लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->