आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

कार्यक्रम प्रभावकारी बनाउन एकीकृतको समन्वय बैठक

कार्यक्रम प्रभावकारी बनाउन एकीकृतको समन्वय बैठक


  • ढाेरपाटन संवाददाता
  • असोज २ २०८३, शुक्रबार

पर्वत/एकीकृत सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न गरेको छ ।

कार्यक्रममा एकीकृत सेवा कार्यालयका कार्यालय प्रमुख जीवन पौडेलले आर्थिक वर्ष २०८३/८४ मा कार्यालयमार्फत सञ्चालन हुने विभिन्न कार्यक्रम, आगामी योजना तथा कार्यक्रम कार्यान्वयनका विषयमा जानकारी गराएका थिए । उनले कार्यक्रमलाई प्रभावकारी, परिणाममुखी र सेवाग्राहीमैत्री बनाउन सरकारी निकाय, संघसंस्था तथा सामाजिक क्षेत्रसँगको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

अन्तरक्रिया तथा समन्वय बैठकमा विभिन्न संघसंस्था, सामाजिक क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यालयबाट सञ्चालन हुने कार्यक्रमको प्रभावकारिता बढाउन आवश्यक समन्वय, सहकार्य, कार्यान्वयन प्रक्रिया तथा स्थानीय आवश्यकताका विषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा विशेषगरी सामाजिक विकास, उद्योग तथा पर्यटनलगायतका क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकायबीच सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो ।

कार्यालयले सञ्चालन गर्ने कार्यक्रमबारे सरोकारवालालाई समयमै जानकारी गराउँदै उनीहरूको सुझाव र सहभागिता सुनिश्चित गर्ने तथा कार्यक्रम कार्यान्वयनमा अपनत्वको भावना विकास गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->