शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

बेनीमा सिवाईसी साकोसको इलाकास्तरीय बैठक

बेनीमा सिवाईसी साकोसको इलाकास्तरीय बैठक


  • ढाेरपाटन संवाददाता
  • असोज ३ २०८३, शनिबार

म्याग्दी/सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिको इलाकास्तरीय बैठक तथा अन्तरक्रिया कार्यक्रम म्याग्दीको बेनीमा सम्पन्न भएको छ ।

सहकारीले शेयर सदस्य वृद्धि, ऋण लगानी तथा असुली, संस्थागत समन्वय, सहकारी शिक्षा, सदस्य सक्रियता तथा आगामी कार्ययोजनाबारे छलफल गर्न कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सिवाईसी साकोसको म्याग्दी इलाकाअन्तर्गतका बेनी र जलजला सदस्य सेवा केन्द्रका सञ्चालन, व्यवस्थापन उपसमिति, सेवाकेन्द्र प्रमुख तथा कर्मचारी सहभागि थिए ।

कार्यक्रममा संस्थाका प्रबन्धक नवराज काफ्लेले संस्थाको लक्ष्य प्राप्तिका लागि सेवाकेन्द्र, सञ्चालन तथा व्यवस्थापन उपसमिति र कर्मचारीबीच प्रभावकारी समन्वय तथा संस्थाको अवस्था, हालसम्मको प्रगति तथा आगामी कार्यदिशाका विषयमा जानकारी गराएका थिए ।

बेनी सदस्य सेवा केन्द्र प्रमुख शारदा रेग्मी पौडेल र जलजला सदस्य सेवा केन्द्र प्रमुख बद्रीप्रसाद पौडेलले सेवाकेन्द्रको पछिल्लो दुई महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

संस्थाका सहसचिव एवं म्याग्दी इलाका समन्वय समितिका संयोजक सुबास आचार्यले बैठकबाट प्राप्त सुझाव, छलफल र निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले बदलिँदो वित्तीय वातावरण, प्रविधिको विकास, सदस्यहरूको बढ्दो अपेक्षा तथा वित्तीय जोखिमलाई ध्यानमा राख्दै सहकारीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताए ।

आचार्यले डिजिटल प्रविधिको प्रयोग, वित्तीय साक्षरता, उद्यमशीलता विकास, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह तथा सदस्यहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखिने बताए ।

कार्यक्रम संस्थाका सहसचिव एवं म्याग्दी इलाका समन्वय समितिका संयोजक सुबास आचार्यको अध्यक्षता, बेनी सदस्य सेवा केन्द्रका संयोजक भीमबहादुर श्रेष्ठको स्वागत तथा सचिव माधव आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

बैठकले वार्षिक साधारणसभामा सदस्यहरूको सहभागिता वृद्धि गर्ने, सदस्यसँग संवाद तथा समन्वयलाई प्रभावकारी बनाउने, गाउँ–टोल समन्वय उपसमिति गठन तथा पुनर्गठन गर्ने र सदस्य सक्रियता अभिवृद्धिका लागि रणनीति बनाउने निर्णय गरेको छ ।

त्यस्तै, सहकारी, वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम सञ्चालन गर्ने, ऋण असुलीलाई प्राथमिकताका साथ अघि बढाउने तथा सेवाकेन्द्रको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ । बागलुङमा केन्द्रिय कार्यलय रही विभिन्न २५ सेवा केन्द्र मार्फत सेवा दिदै आएको सस्थाले २५ सेवा केन्द्रलाई ७ वटा कलस्टर मार्फत इलाकास्तरीय समीक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

यस अभ्यासमार्फत संस्थाका सदस्य सेवाकेन्द्रहरूको कार्यसम्पादनमा एकरूपता, पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->