सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित


  • ढाेरपाटन संवाददाता
  • असोज ४ २०८३, आइतबार

 

पोखरा / पोखरा–८ मा रहेको इस्लामिक कल्याणकारी समाजको १३ औँ अधिवेशनले अब्दुल मालिक मियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। असोज ३ गते सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।

समितिको उपाध्यक्षमा मोहम्मद जुनेद मिया, सचिवमा मोहम्मद नईम मिया, सह–सचिवमा निजामुद्दिन मिया, कोषाध्यक्षमा अब्दुल खालिक मिया र सह–कोषाध्यक्षमा अरमान अली सर्वसम्मत निर्वाचित भएका छन्।

त्यस्तै समाजको सदस्यहरूमा वाहिद अली, मोहम्मद अकरम, समिम मिया, मोहम्मद कासिम र सोयब खान पैठान चयन भएका छन्।

नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै उपस्थिति सबैले नयाँ कार्यसमितिको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->