बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

२ पालिकामा चुनाव, अन्यत्र सहमति

२ पालिकामा चुनाव, अन्यत्र सहमति

नगरपालिकाका १४ वडाका ४ सय ४३ जना क्षेत्रीय प्रतिनिधिमध्ये ४३० जनाले मतदान गरेका थिए । मतदानबाट सभापतिमा सुरेन्द्र केसी २ सय २५ मतसहित चुनिए ।


  • ढाेरपाटन संवाददाता
  • असोज ११ २०८३, आइतबार

पर्वत / नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पर्वतमा पालिका अधिवेशन सकिएको छ । सात स्थानीय तह रहेको पर्वतमा कुनैमा सर्वसम्मत त कुनैमा निर्वाचन प्रक्रियामार्फत् पालिका समिति चुनिएको हो ।
कुश्मा नगरपालिकामा निर्वाचनमार्फत् पदाधिकारीको टुंगो लागेको छ । नगरपालिकाका १४ वडाका ४ सय ४३ जना क्षेत्रीय प्रतिनिधिमध्ये ४३० जनाले मतदान गरेका थिए । मतदानबाट सभापतिमा सुरेन्द्र केसी २ सय २५ मतसहित चुनिए ।

उनका प्रतिद्वन्द्वी दामोदर पौडेल (दीपक)ले १ सय ९४ मत पाए । सचिवमा २ सय ७४ मतसहित गोविन्द रेग्मी विजयी बन्दा उनका प्रतिस्पर्धी वसन्त बास्तोला १ सय ३१ मतमा सीमित बने । सहसचिवमा सरिता रेग्मीले कृष्णप्रसाद शर्मालाई २९ मतान्तरले पराजित गरिन् ।
रेग्मीले २ सय १८ मत पाउँदा शर्माले १ सय ८९ मत पाए । दलित सदस्यमा अर्जुन परियारले २ सय ७७ मत पाउँदा उनका प्रतिस्पर्धी भीम सुनारले १ सय २१ मत पाएका छन् । उपसभापतिमा लोकनाथ अधिकारी र पूजा कार्की शर्मा सर्वसम्मत बने ।

आकांक्षी धेरै भएपछि फलेवास नगरपालिकाको नयाँ कार्यसमिति पनि निर्वाचनबाट छानिएको छ । सभापतिका लागि ओम गौडेल, तोरण शर्मा, धनबहादुर थापा र रघुनाथ गौडेल प्रतिस्पर्धामा रहेकोमा ओम निकटतम प्रतिद्वन्द्वी शर्मालाई १४ मतले पछि पार्दै विजयी बने ।

ओमले १ सय ३५ मत पाउँदा शर्माले १ सय २१, थापाले ३० र गौडेलले ११ मत पाए । उपसभापतिमा गणेश तिवारी भूपेन्द्र पोख्रेललाई हराउँदै चुनिए । महिला उपसभापतिमा सरिताकुमारी शर्मा निर्विरोध हुँदा सचिवमा सरिताकुमारी शर्मा, सहसचिव तीर्थ कुँवर तथा सदस्यमा रेखा रिजाल पौडेल, वसन्तप्रसाद रिजाल, सन्दीप पौडेल, माया नेपाली र पार्वती परियार छन् ।

जलजला गाउँपालिकामा सर्वसम्मत नयाँ समिति बन्यो । हरि विकास जिसीको सभापतित्वमा बनेको समितिको उपसभापतिमा थलराम पौडेल र ज्योति मल्ल, सचिव सुदीप पौडेल, कोषाध्यक्ष ईन्द्रप्रसाद आचार्य र सहसचिवमा निरबहादुर थापा मगर छन् ।

सदस्यमा आरती सुनार, गणेश रेग्मी, कमला नेपाली, विनय आचार्य र भगवान जिसी छन् । मोदी गाउँपालिकामा दीपेन्द्रजंग लामिछानेको सभापतित्व सहमतिमै नयाँ समिति बन्यो । समितिको उपसभापतिमा कुलबहादुर बरुवाल र रेनु क्षेत्री, सचिव सुवास जिसी र सहसचिव पशुपति विक छन् ।

सदस्यहरूमा जितेन्द्र लामिछाने, विनोद क्षेत्री, रिमाकुमारी शर्मा, बुद्धिबहादुर विक र भीमादेवी सुनार सर्वसम्मत भएका छन् । बिहादी गाउँपालिका सभापतिमा विजयकुमार क्षेत्री, उपसभापतिद्वयमा विष्णुकुमारी क्षेत्री खड्का र गोकुलप्रसाद भुसाल, सचिव मोती कुँवर र सहसचिव शरदबहादुर थापा, चयन भएका छन् ।

कोषाध्यक्षमा भने पछि मनोनीत गरिने सचिव कुँवरले बताए । सदस्यमा कमल नेपाली, सुशन गिरी, सपना थापा, वसन्त पराजुली, लोकबहादुर क्षेत्री र जुना दर्जी सर्वसम्मत भए । पैयुँ गाउँपालिकामा सर्वसम्मत एकनारायण न्यौपानेको सभापतित्वमा कार्यसमिति बनेको छ ।

पैँयूको उपसभापतिमा चोकप्रसाद अधिकारी र सावित्रादेवी तथा, सचिव विमल गौतम, सहसचिव कमल पौडेल र कोषाध्यक्षमा तिलकप्रसाद श्रेष्ठ छन् । कार्यसमिति सदस्यमा देवीप्रसाद काफ्ले, पूर्णिमा नेपाली, चौकबहादुर राना, तिलकप्रसाद श्रेष्ठ, खेमकुमारी भुसाल, निमकला न्यौपाने, बिन्दु काफ्ले कँडेल, मीनप्रसाद भुसाल, वेगबहादुर क्षेत्री, हिमलाल पंगेनी, सोनीज शाही मल्ल, तुलसी शर्मा गौतम, जायस्वर कुँवर, सुप्रिया गुरुङ र भगवती भुर्तेल छन् ।

महाशिला गाउँपालिकामा द्रोणराज पौडेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्माण भएको छ । जसको उपसभापतिमा नूनप्रसाद गुरुङ र सुशीला नेपाली, सचिव गोकुल अधिकारी, सहसचिव सन्तोष भुसाल तथा सदस्यमा धनबहादुर सुनार, जितबहादुर हमाल, चन्द्र नेपाली, संगीता विक र रमेशबहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->