बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

जलजलामा पहिरो, आत्मारामको उद्धार

जलजलामा पहिरो, आत्मारामको उद्धार


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८३, बुधबार

पर्वत/आइतबारदेखि पानी रोकिएपनि विपद प्रभावित पर्वतको जलजलामा पहिरो जाने क्रम रोकिएको छैन । भारी वर्षाका कारण गलेको जमिनमा गएको पहिरोले मंगलबार बिहान एक घर पुरेको छ ।

जलजला–७, लामाबगरमा बिहान करिब ५ पाँच बजे पहिरो जाँदा ढुंगा र माटोले बनेको एक तले कच्ची घर पुरिएको हो । घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्यसमेत पुरिएकोमा उनको उद्धार गरिएको छ । प्रहरी चौकी मिलन चोक र प्रहरी चौकी वारी बेनी पर्वतबाट घटनास्थलमा पुगेको टोलीले आचार्यलाई उद्धार गरी उपचारकालागि प्रदेश अस्पताल बेनी पठाएको थियो ।

उनको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए। सोही घरमा बस्नेअरु ३ महिला भने सकुशल रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

सोमबार बेलुका नै पहिरोको जोखिम हुनसक्ने भन्दै घरका अरू सदस्य सुरक्षित स्थानमा सरेको भए पनि आत्माराम भने त्यही बसेका थिए । ‘पहिरोको जोखिम देखिएकाले घरका अरू सदस्य सुरक्षित स्थानमा गएका हुन्। तर एक जना जान नमानेको भन्ने थाहा भयो, उहाँ अन्ततः पुरिनुभयो’, अध्यक्ष आचार्यले भने, ‘उहाँको शरीर रुखमुनि परेका कारण बाँच्न सफल हुनुभयो । आधा शरीर पुरिएको अवस्थामा उहाँको उद्धार भएको हो ।’

सोही पहिरोले घर नजिकै रहेको आत्मारामकै गोठमा रहेका २ भैँसी र २ पाडासमेत पुरिएका छन् । यस्तै सोही ठाउँकी मञ्जुला आचार्यका २ कच्ची घरसमेत सोही पहिरोमा पुरिएका छन् । अध्यक्ष आचार्यले कुश्मा नगरपालिका–१, मालढुंगादेखि बेनीसम्मको सडक खण्ड पैदल यात्रासमेत गर्न नहुने अवस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->