शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

ज्येष्ठ नागरिक दिवसमा न्यानो कपडा वितरण

ज्येष्ठ नागरिक दिवसमा न्यानो कपडा वितरण


  • ढाेरपाटन संवाददाता
  • असोज १५ २०८३, बिहिबार

पर्वत/“दीर्घायूको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ” नाराका साथ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा एकीकृत सेवा कार्यालय पर्वतले मोदीबेनी धार्मिक स्थलमा रहेका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिकलाई फलफूल तथा ब्लाङ्केट वितरण गरिएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख जीवन पौडेलले ज्येष्ठ नागरिकलाई सहज, मर्यादित र सम्मानपूर्ण जीवनयापनका लागि आवश्यक सहयोग र संरक्षण गर्नुपर्ने बताए । उनले ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति भएकाले उनीहरूको ज्ञान, सीप र जीवन अनुभवलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए ।

पौडेलले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सम्मान र संरक्षणलाई थप प्रभावकारी बनाउन परिवार, समुदाय तथा राज्यका सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->