मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३
  • २४ कार्तिक २०८३ , मंगलबार
  • November 10 2026

मैनबत्तीबाट सल्किएको आगोले बागलुङमा घर जल्यो

मैनबत्तीबाट सल्किएको आगोले बागलुङमा घर जल्यो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८३, मंगलबार

बागलुङ / दीपावलीका अवसरमा मैनबत्ती बाल्ने क्रममा आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिका–३ हिल गाउँमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

स्थानीय थमबहादुर पुनको घरमा सोमबार साँझ बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो। आगलागी भएपछि घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर पूर्णरूपमा क्षति भएको निमित्त वडाध्यक्ष प्रेमबहादुर बुढामगरले बताए ।

आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->