बुधबार, मंसिर २ २०८३

बुधबार, मंसिर २ २०८३
  • २ मंसिर २०८३ , बुधबार
  • November 18 2026

सुमनाले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

सुमनाले काठमाडौंको मेयरमा उम्मेदवारी दिने


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८३, बुधबार

काठमाडौं / पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएकी छन् । सुमनाले बुधबार मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकबाट गरेकी हुन् । सुमना रास्वपाको पूर्वसहमहामन्त्रीसमेत हुन् ।

पछि रास्वपा छाडेकी उनले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनन् । उनले लेखेकी छन्ः ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->