चियर्स! ह्याप्पी न्यु ईयर चियर्स ! बर्षैभरि `चियरफुल´ रहने अभिलाषामा `चियर्स´ भन्दै गिलासहरु ठोक्काउदै मध्यरातमा नयाँ-बर्षलाइ स्वागत गर्दै पुरानो भित्तामा टाँगियो नयाँ क्यालेन्डर । साल नयाँ तर उस्तै बिहान उस्तै घाम उही ठाम उही काम मिति फेरियो थिति उहि भाग्य उही साध्य उही बस् एक साल छोटियो जिन्दगी...
अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनि यो दियो धुम्रबाराहीमा एउटा अभ्यास गरिँदै थियो, एक्कासी धूवाँको मुस्लो बालुवाटारमा उठ्यो आशाको धिपधिपे पट्ट पानीको फोका झैँ फुट्यो । रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो । त्यही झण्डा समात्ने हातले आफ्नै काल...