उसका निम्ति कहाँ हाे र ! वर्गसंघर्षमा हाेमिएकाे उसकाे याेजनामा चलेपनि उसकै अादेश माने पनि सपना भने अलि फरक भाे उसले देखाएका सपनाहरु अाफुले खाएका वाचा कसमहरु चकनाचुर उसैले पारे पनि असफल र अधुराे रहे पनि सगरमाथाकाे शीर हिँजैदेखि उचाे छ भेरी अझैं सुसाएकै छ सिस्ने स्तब्ध...
समयले लखेटिएको यात्री भाग्य(रेखाहरुको ऐना हेर्दै ज्योतिषीले भनेका स्वप्निल कुरा सम्झँदै कहिल्यै आज नहुने भोलिको आसामा ठूला सपनाहरु बाट त्रसित मानसिकता बोकेर जुनी काट्दोरहेछ मान्छे । समयसँगै बढ्दै गएका बुढ्यौलीका धर्साहरु अनि समयसँगै घट्दै गएका स्मृतिहरुलाई बन्दी जस्तै अटेसमटस थुनेर आफ्नै अन्तर्मनको कारागारमा रहर...