बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालो धान (लघु कथा)

कालो धान (लघु कथा)


  • शिवप्रसाद पाण्डे
  • फाल्गुन २६ २०७६, सोमबार

कलिन्द्र कृषि अधिकृत थिए । रामशरण कृषि विषय पढाउने शिक्षक थिए । यी दुबै जनाको नेतृत्वमा बीस जना कृषि धारका विद्यार्थीको टोली शैक्षिक भ्रमण को लागि प्रस्थान ग-यो । त्यो भ्रमणको मुख्य उदेश्य लेकाली कालो आगा धानखेती अवलोकन गर्नु थियो । उकालो बाटो काटिसकेपछि एउटा गाउँ देखा प-यो । गाउँ प्रवेशको मुखैमा “होम स्टेको गाउँ , अर्गानिक खानाको व्यवस्था !” भन्ने ठूलो वोर्ड टाँगिएको थियो । एउटा सानो खोलाको तिरैतिर दस मिनेट हिडे पछि मात्र गाउँको केन्द्रस्थानमा पुगिन्थ्यो । खोलाको दुबै छेउमा जलुको र हलहले मौलाएको देखिन्थ्यो । एकजना गाउँले अधबैसे महिलाले सेतो पलास्टिकको झोलामा तीनमाना जति सोयाबिनका डल्ला झुण्डाएर आइरहेकी थिइन् । यो हलहलेको साग के तपाईंहरुले खानु हुन्न भनि रामशरणले उनलाई सोधे । ती धनी महिलाले जवाफ दिइन् – केही गरिवहरुले खाने गरे पनि हामीहरुले त बजारबाट यी यस्तो किनेर खाइन्छ भनि झोला उचालिन् । गाउँमा बारिका पाटाहरु बाँधै देखिन्थे । भ्रमण टोली एक फन्का गाउँ घुमि त्यस दिन पालो परेका घरहरुमा बाँस बसे । लसुन एउटा देश र अदुवा अर्कै देशबाट ल्याएर पकाएकोमा गर्वानुभूती गरिदो रहेछ । खाना खाएपछि सबै एकै ठाँउमा जम्मा भए । कृषिको वर्तमान अवस्था , बहु राष्ट्रिय कम्पनी , पेटन राइट जस्ता बिषयहरुमा चर्चा परिचर्चा भयो । तार्किक प्रश्नोत्तर , कथा किस्सा सुन्ने सुनाउने काम पनि भयो ।

कलिन्द्रले केही भुमिका बाँधि भने – बेसार हाम्रो पुर्खौली उत्पादन हो । तर अर्कै देशले पेटन राइट पाएको छ ।त्यो देशले अनुमति दिए मात्र बेसारको व्यपार हुन्छ । हाम्रा धेरै अन्न र तरकारिका बिउहरु कति त लोप भै सके बाचेका पनि बोइलर बने । अरुले पठाइ दिएको बीउ कागले चल्ला हुर्काए जस्तै हो । रामशरणले पनि आफ्नो विध्दता पस्के – कुनै देशले महंगोमा दूध र मासु किनि सस्तोमा अन्न दिएकाले अर्को देशको जग्गा बाँधो परेको थियो । पछि दूध र मासु त्यो देशले किन्न बन्द ग-यो र अन्नको भाउले आकास छोएको समाचार पनि मैले पढेको छु । देख्ने र सुन्नेको वीचमा कति अन्तर हुन्छ ? एकमा एक जोडदा कति हुन्छ ? पश्चिमी तिर फर्काएर बाँधेको घोडाको पुच्छर कतातिर फर्केको हुन्छ ? दुई हात लामो बाच्छाले तीन हात लामो पराल कसरी खान्छ ? जस्ता तार्किक तथा लाक्षणिक प्रश्नोत्तरी पनि केही क्षण चल्यो । राति अबेर तिनीहरू सुते ।
भोलिपल्ट तिनीहरू फेरि उकालो बाटो लागे । बाटोमा एकजनाले आफ्नो पछि लागेर आएको कुकुरलाई ढुङ्गाले हानि घरतर्फ फर्काईरहेका थिए । कुकुर कुईकदै र खोच्चाउँदै घरतर्फ फर्किरहेको थियो । कुकुरप्रति सबैले दया देखाए । एकजना शुसिला नाम गरेकी विद्यार्थीले भनिन् – कुकुरमा धेरै गुणहरु हुन्छन्
। यो स्वामिभक्त पनि हुन्छ । तर पनि अपहेलितको उपमा बनेको छ । दासत्व स्विकार गरेर मानव जातीको पछि यसका पुर्खा लाग्नुको परिणाम हो यो । जंगली जनावर कति स्वतन्त्र छन् ! दिउँसो समयमै भ्रमण टोली भनेको ठाउँमा पुग्यो । कालो आगा धान पसाएर निख्रेको थियो । एउटा घुमाउरो गराको छेउको खिर्राको रुखमुनि छ जना व्याक्तिहरु देखिए । अरु दुई जनाले धान उखेलि रहेका थिए । धानका जरा काटेर स्पेरिङ तराजुमा तौलदै बोरामा खाद्दै गरेको पनि देखिन्थ्यो । हातमा कापि कलम लिएका सुकिला मुकिलाले तौल र रकमको हिसाब राखिरहेको जस्तो देखिन्थ्यो । यस्तो सप्लाएको धान उखेलिरहेको देखि कलिन्द्र केही आक्रोसित हुँदै भने – हाम्रो यो जातको धान उन्मुलन गर्ने षडयन्त्र हो यो । रामशरणले डोको बोकेर नजिक आईरहेकी महिलालाई सोधे – तिनीहरुले किन धान उखेलिरहेका छन् दिदी ? ती महिला केही लजाउदै उपेक्षासाथ भनिन् – गाला चिल्ला बनाउने पाउडर बनाउन विदेश लैजान रे । सुकिला व्याक्तिले इसाराबाट कलिन्द्रलाई आफुतिर बोलाए । ती दुईको एकान्तमा केही क्षण कानेखुसी भयो । त्यसपछि कलिन्द्र आफ्नो टोलीमा फर्किएर भन्न थाले – यो त किसान र देशैको हीतको कुरा रहेछ । धानको भन्दा दोब्बर मूल्य पाउने रहेछन् । हाम्रो भ्रमण टोलीलाई पनि सहयोग गर्ने भनेका छन् । यो त कालो धान मात्र रहेनछ धन पनि रहेछ । जिन्दगीमा पहिलो पटक टि ए थापेका रामशरणले मौन बस्नु नै उचित ठाने । कलिन्द्र र रामशरणको एक्कासी रुप ताल र लय फेरिएकोमा विद्यार्थीहरु अक्क न बक्क परि एक अर्कोलाई हेराहेर गरि रहे ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->