बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भोटेकोशी आएको बाढीले तहसनहस

भोटेकोशी आएको बाढीले तहसनहस


  • ढाेरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

पाेखरा  / तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा संरचना बगाएको स्थानीयले बताएका छन्।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य पेमा दोर्जे घलेका अनुसार बिहान साढे ८ बजे ठूलो आवाजसहित आएको बाढीले टिमुरे बजार तहसनहस बनाएको छ। उनका अनुसार टिमुरेमा रहेका सयभन्दा बढी घरमा क्षति पुगेको हुनसक्ने र धेरै मानिस सम्पर्कविहीन रहेको आशंका छ।

बाढीबाट जोगिएका स्थानीय डाँडामा आश्रय लिएर उद्धारको पर्खाइमा रहेका छन्। खानेपानी तथा खाद्यान्नको समेत अभाव रहेको वडासदस्य घलेले बताएका छन्। उद्धारका लागि हेलिकप्टर आए पनि आफूहरू बसेको स्थानसम्म पुग्न नसकेको उनको भनाइ छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->