पोखरा/पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए...