पोखरा, ८ चैत – सरकारले सबै नागरिकलाई रोजगारीको अवसर सृजना गर्न नसकिरहेको अवस्थामा ब्यूटिसियन पेशाबाट महिलाहरुले राम्रैसंग जिबिकोपार्जन गर्न सकिरहेका छन् । ब्यूटिसियनहरुले छोराछोरी पढाउने र परिवार पाल्ने काम गरेर स्वरोजगार बनिरहेका छन् । ब्यूटिसियन पेशाबाट स्वेदशमा मात्रै होईन बिदेशमा पनि राम्रो आम्दानी हुने गरेको ब्यूटिसियनहरु बताउछन् । ब्यूटिसियन पेशा अहिले गाउ गाउमा समेत छाएको छ । पोखरामा मात्रै ६ सय भन्दा बढी महिलाहरुले ब्यूटिसियनहरुले यो पेशा अंगालेका छन् । दशक अगाडी सम्म ब्यूटिसियन पेशालाई समाजले हेर्ने दृष्टिकोण फरक थियो । समाजले अहिले ब्यूटिसियन पेशालाई आर्कषक र मर्यादित पेशाको रुपमा हेर्ने गरेको छ । संघिय, प्रदेश र स्थानिय सरकारले महिलाहरुलाई ब्यूटिसियनको तालिम संचालन गर्न योजना तर्जुमा गरेको छ । ब्यूटिसियनलाई प्राज्ञिग बनाइ सिटिइभिटी अन्तर्गतको पढाइ समेत हुने गरेको छ ।
२०५९ साल तिरको कुरा हो संचारकर्मि समेत रहेकी ब्यूटिसियन मिना गुरुङले पोखराका ब्यूटिसियनहरुलाई संगठित गरिन् । नेपालमा पहिलो पटक पोखरामा ब्यूटिसियनहरुको संस्था बन्यो । सो संस्थाले आफ्नो ब्यावसायीक क्षमता र दक्षता बढाउने काम त गरी रहेको नै थियो । हेर्दा धनी र फेसनेवल जस्तो देखिए पनि ब्यूटिसियनहरुले आफ्नो कामको प्रकृति, स्वरोजगार मजदुरको भएको ठाने । त्यसपछि २०६५ सालमो राष्ट्रिय सौन्दर्यकर्मि युनियनलाई ट्रेडयुनियन महासंघ जिफन्टमा आबद्धता गराए । राष्ट्रिय सौन्दर्यकर्मि युनियन अहिले ४० जिल्लामा बिस्तार भएको छ । बिहिबार राष्ट्रिय सौन्र्दयकर्मि युनियन नेपालले १२ औं स्थापना दिवस पोखरामा मनाएकोछ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल टे«डयुनियन माहासंघ जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले ब्यूटिसियन ब्यवसाय राष्ट्रिय मात्रै होइन अन्तराष्ट्रिय स्तरमा समेत ब्यापक बन्दै गएको बताए । उनले ब्यूटिसियन पेशालाई परिसकृत र सेवामुखी बनाउनमा जोड दिए ।
नेकपाका केन्द्रिय सदस्य तथा ट्रेडयुनियनकर्मि चुडामणी जङ्गली बिश्वकर्माले ब्यूटिसियन पेशालाई ट्रेडयुनियनमा आवद्ध भएपछि आफ्नो हक अधिकार प्राप्तीका लागि अगाडी बढेको बताए । सो अवसरमा संस्थापक अध्यक्ष, टेडयुनियन महासंघ जिफन्टका उपाध्यक्ष तथा प्रदेशसभा सदस्य मिना गुरुङले माओवादी द्धन्द्धकालका बेलामा आफुलाई यो पेशा अमर्यादित हो भनेर घृणा फैलाउनेहरुले अहिले हाम्रो पेशा प्रति सम्मान प्रकट गरेको बताईन् । उनले स्मरण गर्दै भनिन् “त्यो बेलामा हामी ब्यूटिसियनहरु संगठित नभएको अवस्था थियो । हामीले चन्दा पनि दिनु पर्दथ्यो र हाम्रो पेशालाई नराम्रो पनि भन्ने गरिन्थ्यो । ” जिफन्टमा आवद्ध भए पछि सौन्र्यकर्मि पेशाले सम्मान पाएको सांसद गुरुङले बताईन् । अहिले ब्यूटिसियनहरुमा चेतनाको स्तर बृद्धि भएको छ । ब्यूटिसियन समेत रहेकी सांसद गुरुङले भनिन् । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरी, ब्रम्हकुमारी राजयोग बिश्वबिद्यालयका प्रमुख ब्रम्हकुमारी अप्सरा, जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्री ब्यूटिसियन युनियनका अध्यक्ष सुमन गुरुङ, पूर्व अध्यक्ष पम्फा पहारी महासचिव पबी गुरुङ लगायतले ब्यूटिसियन पेशा स्वरोजगार श्रमिक भएकोले ब्यावसायीको कित्ता तर्फ जान नहुने बताए ।





