बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किसानलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार : मन्त्री थापा

किसानलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार : मन्त्री थापा


  • Dhorpatan News
  • चैत्र ९ २०७५, शनिबार

हिमलाल पराजुली
स्याङ्जा, ९ चैत – गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाले किसानलाई व्यावसायिक तथा आधुनिक कृषि प्रणालीमा आकर्षित गर्न सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन । कृषकलाई आवश्यक पुँजी र प्रविधि दिनका लागि सरकार केहि मात्रामा चुकेपनि संघियताको सफल कार्यान्वयनसंगै कृषकलाई पुँजी, प्रविधि र बजारको व्यवस्थापन गर्न सरकारले कुनै कसर बाकी नराख्ने थापाले वताए । वालिङ नगरपालिका दश नम्बर वडा कार्यालयद्वारा स्थापना गरिएको मदिखोला फलफुल तथा तरकारी संकलन एवं विक्री केन्द्रको शनिवार उद्घाटन गर्दै मन्त्री थापाले कृषिको विकास, प्रर्वद्धन, प्रसोधन र बजारीकरण विना मुलुकमा समृद्धि असंभव रहेको बताए ।
व्यवसायिक कृषि प्रणालीमा जोड दिँदै मन्त्री थापाले माटो र हावापानीको परिक्षण समेत आवश्यक रहेको भन्दै उत्पादनमा वृद्धि गर्नको लागि आधुनिक प्रणालीको प्रयोग गर्नु पर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारले चार सय मोडल फर्मको योजनाकासाथ अगाडि बढेको भन्दै उत्पादन गर्ने तरिकालाई बदल्दै प्रविधितर्फ लाग्नुपर्नेमा जोड दिए ।
पाँच वर्ष भित्रमा सरकारले प्रत्येक घरको आम्दानी कृषिबाटै २० देखि २५ हजार सम्मको आमदानी गर्न सक्ने बनाउने लक्ष्यका साथ प्रदेश सरकार अगाडि बढेको भन्दै कृषकलाई चाहिने भुमिको व्यवस्था गर्न भुमि सुधार मन्त्रालयको भुमि नीति निर्माणको चरणमा रहेको बताए । बाँझो जमिन नराखौँ, सके आँफै उत्पादनमा लागौ यदि सकिदैन भने व्यसायिक कृषि तथा पशुफर्मका लागी भाडामा दिँउ । ” कृषि पकेट क्षेत्र अन्र्तगत कहाँ कुन वस्तुको उत्पादन बढी हुन्छ सोही अनुसार लाग्न सकेमा कृषिबाट राम्रो आम्दानी लिन सकिन्छ, मन्त्ती थापाले भने ।
कार्यक्रममा गण्डकी प्रदेशका विधायन समितिका सभापति एवं सांसद मोहन प्रसाद रेग्मीले तीन तहको सहकार्य र समन्वय विना समृद्धि हुन नसक्ने बताउदै विकासको लागि आपसि सम्झदारी र सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहोरा लगायतले बोलेका थिए । वडा अध्यक्ष अनन्तराज गैह्रेको अधक्षतामा समपन्न कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र गैह्रेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->