शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खानेपानी योजना सञ्चालनका लागि ६ करोड रुपैयाँ

खानेपानी योजना सञ्चालनका लागि ६ करोड रुपैयाँ


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७५, बिहिबार

बागलुङ, १४ चैत – जिल्लाका दशवटै स्थानीय तहमा खानेपानी योजना सञ्चालनका लागि चालु आर्थिक बर्षमा झण्डै साढे ६ करोड रुपैयाँ खर्च हुने भएको छ । यो रकम केन्द्र सरकार र स्थानीय तहले सञ्चालन गर्ने योजना बाहेकको रकम हो । गण्डकी प्रदेश सरकार मातहत रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले ६३ वटा योजनामा ५ करोड ४० लाख ८ हजार रुपैयाँ खर्च गर्ने भएको हो ।साविकको डिभिजन कर्यालयबाट हस्तान्तरण भई आएका योजनामा नेपाल सरकारले व्यवस्था गरेको बजेट कार्यान्वयन थालिएको डिभिजन प्रमुख प्रेम प्रसाद डोटेलले बताए । साविकको डिभिजन कार्यालयले सञ्चालन गरिरहेका योजनाहरुमध्ये केही ठुला योजना केन्द्र सरकार मातहतमा राखेको र हस्तान्तरण भएका योजनाहरुको काम सुरु गरिएको कार्यालयले जनाएको छ । जिल्लाभर क्रमागत रुपमा सञ्चालनमा रहेका योजना र केही नयाँ योजनाहरुको कामसमेत सुरु भएको छ । डिभिजन कार्यालयले यो बर्ष नयाँ सुरु गर्न लागेको चार योजनामध्ये कुँडुले लिफ्ट खानेपानी आयोजनाका लागि १५ लाख ९० हजार बुर्तिबाङ– २,३ पम्पिङ खानेपानी आयोजनाका लागि ६ लाख ३० हजार, झुल्केपानी खानेपानी आयोजनाका लागि ३ लाख ५० हजार र घठाघर भेल्कुदोभान खानेपानी आयोजनाका लागि ३ लाख ९४ हजार मन्त्रालयले बजेटको व्यवस्था गरेको छ ।

चारवटै योजनाको प्ररम्भीक चरणको काम सुरु भएको कार्यालयले जनाएको छ । क्रमागत रुपमा सञ्चालनमा रहेका सबै खानेपानी आयोजनाहरुमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी बिक्रम प्रसाद साहले जानकारी दिए । क्रमागत रुपमा सञ्चालनमा रहेका कतिपय योजनाहरु सम्झौता गर्न नआएका कारण काम अघि बढाउन समस्या रहेको साहले जानकारी दिए । ‘अधिकांश योजनाका उपभोक्ता समिति सम्पर्कमा आउनुभएको छ, योजना सम्झौता गरेर काम थालेका छौं’ साहले भने ‘केही पुराना योजनाका उपभोक्ता सम्पर्कमा नै नआएका कारण सम्झौता गर्न सकिएको छैन् ।’ क्रमागत रुपमा सञ्चालनमा रहेका अन्तर स्थानीय तह खानेपानी आयोजनाहरुलाई पनि कार्यालयले निरन्तरता दिने भएको छ । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका उपभोक्ता लाभान्वित हुने कुश्मीशेरा खानेपानी आयोजना, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका उपभोक्ता लाभान्वित हुने पाला खानेपानी आयोजना तथा सिगाना खानेपानी आयोजना र बागलुङ नगरपालिका र बेनी नगरपालिका म्याग्दीका उपभोक्ता लाभान्वित हुने सर्वसिद्धिधाम पञ्चकोट खानेपानी आयोजनाले पनि निरन्तरता पाएको साहले जानकारी दिए ।

कुनै पनि योजनाको लागि ठुलो रकम बिनियोजन नभएकाले यो बर्ष पनि क्रमागत योजनाहरुमा पाईप खरिद देखी सामान्य ट्याङ्की निर्माणका काम मात्रै हुनेछन् । कार्यालयद्धारा सञ्चालनमा रहेका सबै योजना सम्पन्न भएमा बागलुङका ७० प्रतिशतभन्दा धेरै उपभोक्ताको घरमा खानेपानी पुग्ने छ । कार्यालयले निर्माणको काम उपभोक्ता समितिमार्फत र खरिदको काम टेण्डरमार्फत गर्ने भएकाले योजनाहरुलाई गति दिन समस्या हुने गरेको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->