बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राप्रपा (संयुक्त) को आरोप : सरकार हात्ती आयो हात्ती आयो फुस्सा !

राप्रपा (संयुक्त) को आरोप : सरकार हात्ती आयो हात्ती आयो फुस्सा !


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७५, शुक्रबार

पोखरा, १५ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त)का अध्यक्ष दुबै अध्यक्षहरुले हिन्दुराज्य र राजासहितको प्रजातन्त्रले मात्र देशको अस्तित्व बचाउन सकिने जिकिर गरेका छन् । उनीहरुले आफूहरुले समातेको एजेण्डाले मात्र राष्ट्रको विकास हुने दावी पनि गरेका छन् ।

अध्यक्षद्धय पशुपति समसेर राणा र प्रकाशचन्द लोहनी बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा हिन्दु जागरण अभियान कार्यक्रममा कार्यकर्तामाझ बोल्दै थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष राणाले राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको र आफ्ना दल निकटकालाई एउटा र विपक्षीलाई अर्को व्यवहार गरेको आरोप लगाए । पक्षपाती राष्ट्रपतिको सट्टा राजसंस्था नै सही भएको उनको भनाई थियो । देशमा ८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएकोले हिन्दुराष्ट्रको देशलाई धर्म निरपेक्ष बनाउनु गलत भएको उनको तर्क थियो । उनले सरकार अहिलेसम्मकै भ्रष्ट भएको बताउँदै अगाडि बने,‘यो सरकारले विकासको नाममा सिन्का भाँचेको छैन,यो सरकार हात्ती आयो,हात्ती आयो फुस्सा भयो ।’ उनले प्रधानमन्त्रीले सबै शक्ति आफैसँग केन्द्रित गरी जनवादी अधिनायकवादको अभ्यास गरेको आरोप पनि लगाए ।

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राज्यसत्ता नै देशको सँस्कृति ध्वस्त पार्न उद्यत रहेको आरोप लगाए । उनले देशमा मौलिक पहिचान सिध्याउने काममा सरकार नै लागेको, धर्मको संरक्षणमा आफूहरु रहेको र तेस्रो मौलिक पहिचानको कुरा सुनेर मात्र बस्ने धार भएको तर्क गरे । उनले नेपाली जनताको गरिबीको फाइदा उठाउँदै धर्म परिवर्तन गर्ने हुँदा पनि सरकार चुपचाप बसेको गुनासो गरे । उनले सशक्त प्रजातन्त्रवादी शक्ति बन्दै देश हाँक्नको लागि पार्टी एकता गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->