शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेवाः मिसा दवू बागलुङको दोश्रो साधारणसभा

नेवाः मिसा दवू बागलुङको दोश्रो साधारणसभा


  • Dhorpatan News
  • चैत्र १६ २०७५, शनिबार

बागलुङ, १६ चैत – नेवाः मिसा दवू जिल्ला समिति बागलुङको दोश्रो साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा वोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेवार समुदायले आफ्नो सस्कृती र जातिय पहिचान संरक्षणमा ध्यान दिनुपर्ने वताए । नेवार महिलाको नेतृत्व र व्यक्तित्व विकासको लागी नगरपालिकाको तर्फवाट सहयोग गर्ने वताए । कार्यक्रममा नेवा : मिसा दवूका केन्द्रीय सदस्य रम्वादेवी शाक्यले नेवार महिलाहरुको सशक्तिकरणको लागी नेवा ः मिसा दवू गठन गरिएको वताईन ।
नेवाः मिसा दवू जिल्ला समिति बागलुङका अध्यक्ष सोमना शाक्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी वास्कोटा, नेवाः मिसा दवूका सल्लाहकार इश्वरलाल वज्राचार्य, बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जिवन शाक्य, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए । नेवा: मिसा दवूका उपाध्यक्ष लक्ष्मी शाक्यले स्वागत गरेको उक्त कार्यक्रमको संचालन सचिव अर्चन पालिखेले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->