पोखरा ,१८ चैत – महिललाई आत्मनिर्भर गराउन, विपन्न र एकल महिलालाई ६ प्रतिशत ब्याजमा ऋण प्रदान गरिएको छ । सो ऋण प्रवाहका लागि सगमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले आफुले पोखरा महानगरबाट ३ प्रतिशत ब्याजमा रकम लिएर बिपन्न महिलाहरुलाई ६ प्रतिशत ब्याजमा ऋण प्रवाह गर्ने गरेको छ । महानगरपालिका वडा नं २३ का बाम्दीका महिलाहरुलाई भैसी, बाख्रा र मौरी पालन व्यवासाय संचालन गर्नका १३ जना महिलाहरुलाई ९ लाख रुपैया ऋण प्रदान गरिएको हो । यस अघि पनि पोखरा २३ कै घाटीछिनामा ११ जना महिलाहरुलाई सहकारी मार्फत ९ लाख रुपैया हस्तान्तरण गरिसकेको छ ।
उप मेयरसंग महिला कार्यक्रम अन्तर्गत पोखरा महानगरका कार्यबाहक प्रमुख एवं कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङले सो ऋण प्रवाह गरेकी हुन् । रकम हस्तान्तरण गदै कार्यबाहक प्रमुख गुरुङले महिलाहरुलाई आयआर्जनसंग जोडेर आर्थिक रुपमा सक्षम बनाउनु पर्ने बताईन् । उनले महानगरका धेरै रकम तालिमका लागि मात्रै खर्च भएको बताउदै अव तालिम भन्दा उत्पादन मुखी कामलाई प्राथमिकता दिएर बिपन्न महिलालाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिईन् । ‘महिला अव आर्थिक रुपमा सवल र सक्षम बन्नुपर्छ ।’ उनले ऋण लिएको रकम जे कामका लागि लिएको हो त्यसैमा लगानी गर्न समेत आग्रह समेत गरिन् । पोखरा महानगरको रकम सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले महानगरबाट ३ प्रतिशत ब्याजमा लिएर आफुहरुले ६ प्रतिशत ब्याजमा ऋण प्रवाह गरेको अध्यक्ष आशा नेपालीले बताइन् ।
सो अवसरमा नेकपाका स्थानीय नेता दामबहादुर विश्वकर्माले विपन्न महिलाको जीवनस्तर माथि उठाउन महानगरले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । उनले रकमको सदुयोग गर्न पनि आग्रह गरे । कार्यक्रममा स्थानियहर चेतबहादुर क्षेत्री, इन्दीरा लामिछाने, प्रेमराज भण्डारी लगायतले उप्रमुखसंग महिला कार्यक्रम सफल बनाउन जिम्मेवारी र दायित्व दिदिबहिनीहरुको भएको बताए ।
यस अगाडी घाँटिछिनाको प्रभावकारी महिला सहकारी संस्थाले प्राप्त गरेको ९ लाख रुपैयाँ प्राप्त ११ जनालाई वितरण गरेको थियो ।





