मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सभासद थापाको सबै तलव÷भत्ता विकास र सामाजिक काममा

सभासद थापाको सबै तलव÷भत्ता विकास र सामाजिक काममा


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७५, सोमबार

पोखरा, १८ चैत – स्थानीय तहमा विनियोजित बजेट आफूले पारेको जस लिने होडबाजी चलेको बेला गण्डकीका एक सभासदले सबै तहसँगको समन्वयमा आफूले विकास निर्माणका काम अघि बढाएको बताएका छन् । उनले आफूले हालसम्म पाएको सबै तलब÷भत्ता पनि विकास निर्माण र सामाजिक काममा खर्चेका छन् ।
कास्की क्षेत्र नम्बर २ ‘ख’बाट गण्डकी प्रदेशसभा पुगेका सभासद विन्दुकुमार थापाले आफूले पाएको ७ लाख ९ हजार १ सय ३५ रुपैयाँसहित १० लाख ५४ हजार ६ सय ६५ रुपैयाँ खर्च गरेका हुन् । प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुबिधा लिएको भन्दै सार्वजनिक लेखा समितिले छानबिन थालेको बेला थापाले भने चुनावी प्रतिवद्धता अनुसार नै आफ्नो सुविधा जनसेवामा खर्चेको बताए । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा उदाएका व्यक्तिव हुन् । उनले नेपाली कांग्रेसको तर्फबाट टिकट पाएका थिए । सोमबार पत्रकार सम्मेलनमार्फत उनले आफूले पाएको तलब÷भत्ता कहाँ गयो भन्ने पनि सार्वजनिक गरे । उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकास निर्माण र सामाजिक संस्थागरी २२ ठाउँमा सो रकम सहयोग गरेका हुन् ।
उनले प्रदेशसभा सदस्यको रुपमा आफूले बिताएको १६ महिनामा उल्लेख्य काम गरेको दावी पनि गरे । उनी नै संयोजक रहेको प्रदेशको राजधानी तथा नामाकरण समितिको संयोजकको रुपमा उनले यो प्रदेशलाई गण्डकी नामाकरण गर्न महत्वपूर्ण भूमिका निभाएका थिए ।‘अरु प्रदेशले नामर राजधानी तोक्न नसकेको अवस्थामा हामीले यो काम एक वर्षअघि नै फत्तै गरेका छौँ’, उनले भने,‘मैले आफू संलग्न तीनवटा समिति र दुईवटा उपसमितिमा रहँदा निष्ठापूर्वक काम गरेको छु ।’ उनले नामाकरणको लागि आफूले बिभिन्न जिल्ला र क्षेत्रमा पुगेर सुझाव संकलन गरेको पनि सम्झे ।
आफूले पोखरा महानगरको ६ वटा सम्मिलित निर्वाचन क्षेत्रको समानुपातिक विकासको लागि मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ संचालन, बाटो निर्माण र आकासेपुल निर्माणको काम समेत सुरु गरेको उनले जानकारी दिए । संघीय सरकारका योजनासहित आफैले छनौट गरेको योजनामा गण्डकी सरकारे विनियोजन गरेको रकमबाट ती काम थालिएको उनको भनाई थियो । आफूले राजनीतिक पूर्वाग्रह नराखी सर्वदलीय बैठकबाट योजना छनौट गरेको पनि उनले दावी गरे । निर्वाचन क्षेत्रमा कूल २२ वटा योजना कार्यान्वनको चरणमा रहेको समेत जानकारी दिए । उनका अनुसार वडा नम्बर ४ मा बुढानिलकण्ठ मन्दिर आडको सडक बनाउन ५० लाख, बेसीफाँट कुलो निर्माण र ढल व्यवस्थापनमा २० लाख र आदर्श मार्ग बाटो ढलानमा १० लाख खर्च भएको छ । यता वडा नम्बर ८ मा सृजनाचोक आकासेपुलको लागि ५० लाख, जनप्रिय क्याम्पसमा प्रयोगशाला बनाउन ११ लाख, वडा नम्बर ९ मा सुुकुम्बासीटोलमा खानेपानीको लागि ४० लाख, शान्तिमार्ग सडक र नालालाई २० लाख र शिवटोलमा बहुउदेश्यीय भवन र पार्कको लागि १० लाख, वडा नम्बर ११ मा काहुँ खानेपानी स्तरोन्नति २५ लाख, तुलसीमार्गको किरियापुत्री भवनलाई १० लाख,वडा नम्बर १६ मा अमरदीप बहुउदेश्यीय भवनमा ३५ लाख, जाल्पादेवी भवनदेखि लामाचौर सडकलाई ५० लाख,लामाचौरदेखि ढिकीडाँडो सडकमा ५० लाख, गणेशमन्दिर–अम्बिकाटोल–कालीखोला बाटोमा ५० लाख,गर्लाङ र अर्मलाकोट होमस्टेको लागि १० लाख अनि वडा नम्बर २० मा काहुँखोला पुलदेखि आँटीघर सडकको लागि ५० लाख, जनताको चोक–मनिपालहुँदै भलाम, आँटीघर सडक ५० लाख, भलाम,¥यालेचौर,बिसौना, मौजा हुँदै सिक्लेस पुग्ने सडकलाई ५० लाख, भलाखोला सडक पुल ७५ लाख, भलामफाँट सिँचाईमा ४० लाख, घारी, पिपलडाली सडक बनानउन ३५ लाख र मौजा र आँटीघर होमस्टेको लागि ५० लाख विनियोजन भएको छ । प्रदेश र संघीय सरकारबाट प्राप्त बजेट नै आफूहरुले विनियोजन गरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->