बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राहुघाट जलविद्युतको विद्युत खरिद सम्झौता

राहुघाट जलविद्युतको विद्युत खरिद सम्झौता

पाँचबर्ष भित्र ब्यवसायीक उत्पादन


  • धु्रबसागर शर्मा
  • चैत्र १८ २०७५, सोमबार

म्याग्दी, १८ चैत -म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपिए) भएको छ ।
नेपाल विद्युत प्राधिकरणको पूर्ण लगानीमा जिल्लाको रघुगंगा गार्उपालिकाको वडा नं ३ मा निर्माण हुन लागेको आयोजनाको प्राधिकरण्को तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र रघुगंगा हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रमुख श्रीराम पाण्डेले पिपिएमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार आयोजनाबाट सुख्खायाम (मंसिर १६ देखि जेठ १५ सम्म) प्रति यूनिट ८.४० रुपैयाँ र १०.५५ रुपैयाँ सम्म र बर्षायाम (जेठ १६ देखि मंसिर १५ सम्म) प्रति यूनिट४.८० रुपैयाँमा खरिद गर्ने सम्झौता भएको रघुगंगा हाइड्रोपावर लिमिटेडका बरिष्ठ सहायक दिपरमण अधिकारीले बताए ।
सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा आयोजनाले बार्षिक कुल २४ करोड २ लाख ३२ हजार यूनिट विद्युत खरिद गर्ने जनाइएको छ ।
भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ मा अलपत्र अवस्थामा रहेको आयोजना सन् २०२३ साल पुष महिनामा ब्यवसायीक उत्पादनको लक्ष्य सहित भारतीय जयप्रकाश एशोसियसनलाई सभिल र हाइड्रो मेकानिकलको ठेक्का दिएसंगै ठेकेदारले आयोजनास्थलमा जनशक्ती परिचालन गरी काम सुरू गरेको रघुगंगा हाइड्रोपावर लिमिटेडका सहायक निर्देशक गोपाल पाठकले बताए ।
उनका अनुसार विगतमा भारतीय कम्पनीले सम्झौता अनुसार काम नगर्दा आयोजना धेरै पछि परेको बताउँदै नयाँ मोडलमा सुरु गरिएकाले आयोजनाले तिब्रता लिने दावी गरे ।उनले हालसम्म आयोजनाको १२ प्रतिशत भौतिक प्रगति रहको बताउँदै अर्धजलासाययुक्त आयोजनाम पिक समयमा ४ देखि ५ घण्टासम्म पानी सङ्कलन गर्न सकिने भएकाले पनि प्राधिकरणले बनाउँदै गरेका आयोजनामा सस्तो मध्येमा पर्ने बताए ।
आयोजनास्थलमा प्राधिकरण र ठेकेदारको तर्फबाट करिव ३ सय जनशक्ती परिचालन गरिएको छ ।
रघुगंगाको झिँ र दग्नामको सिमानामा बुक्लमा १८ मिटर उचाईको बाँध रहने आयोजनाको ६.२ किमी लामो सुरूङ रहने आयोजनाको कुल लागत ८ अर्व ६० करोड अनुमान गरिएको छ ।
२०६६ साल देखि निर्माणको काम सुरु भएपनि अलपत्र पर्दा आयोजनाको पहिलो चरणमा ७ अर्ब रुपैया सहुलियतमा ऋणमा सम्झौता गरिएपनि ठेकेदार र प्राधिकरणको लापरवाहीका कारण कुल लागतमा करिव १ अर्व ८० करोड थपिएको छ । एक्जिम बैकले आवश्यकता अनुसार सहुलियतमा ऋण उपलब्ध गराउने बताएपनि मुख्य ठेकेदारमा भारतीय नै हुनुपर्ने सर्त राखेपछि भारतीय ठेकेदारले मनोमानी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->