पोखरा ,१८ चैत -प्रहरीले पोखरामा मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पोखरामा दिनहुँजसो मोटरसाइकल र स्कुटर हराएको उजुरीपछि परिचालित कास्की प्रहरीको विशेष टोलीले सोमबार मुस्ताङ लेते घर भई पोखरा पृथ्वीचोक बस्दै आएका गणेश गौचनलाई चोरी भएका मोटरसाइकल र स्कुटरसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार गौचन बस्दै आएको ठाउँबाट ग १ प७५०० नम्बरको मोटरसाइकल ग १२ प ३१४३ र ग १३ प ७६७३ नम्बरको दुईवटा स्कुटर बरामद गरेको छ ।





