पोखरा, १८ चैत – कास्की प्रहरीले ज्यान मार्ने एवं चोरी मुद्दा तथा लेनदेन मुद्दामा फरार दुईजना अपराधीलाई पक्राउ गरेको छ ।
कास्की प्रहरीका लेनदेन मुद्दामा अपराधी ठहर भए पनि फरार रहेकी बिराटनगर उपमहानगरपालिका– २१ घर भई हाल पोखरा बस्ने बर्ष २३ की ममता सुब्बा र चोरी तथा ज्यान मार्ने उद्योगमा अपराधी ठहर कास्की घान्द्रुकका प्रेमबहादुर बिकलाई पक्राऊ गरेको हो । सुब्बा पोखराको नयाँबजारमा बस्दै आएकी थिइन् भने बिक घान्द्रकुबाटै पक्राउ गरेका हुन् ।





