मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

खेलकुद पत्रकारको स्वागत

खेलकुद पत्रकारको स्वागत


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७५, सोमबार

पोखरा ,१८ चैत -नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश समितिलाई खेलसम्वद्ध सस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गरेका छन । मञ्चको नवनिर्वाचित टिमलाई अन्तराष्ट्रिय खेलाडी संघ, पश्चिमाञ्चल खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा स्वागत तथा बधाई ज्ञापन गरेका हुन ।
कार्यक्रममा बोल्दै पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले पोखरामा हुने साना ठूला सबै खेललाई पत्रकारले महत्व दिन आग्रह गरे । पोखरा रंगशालाका हरेक गतिविधिमा पत्रकार र खेलकूद सस्थाहरू सहकार्य गर्न आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै खेलकुद पत्रकार मञ्चका अध्यक्ष एकराज गिरीले पोखरा खेलकूदको लागि सम्भावना बोकेको सहर भएकोले यहाको खेलको विकासकालागि आफूहरूले सधै तत्पर हुने बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->