पोखरा, २० चैत – मिटरमा चल्न नमान्ने ट्याक्सी ब्यवसायीहरुले प्रहरीले कारवाही सुरु गरेको छ । पर्यटकीय नगरी पोखरामा यात्रुको चाप वढि हुने तर ट्याक्सी ब्यवसायीहरु मिटरमा चलाउन नमान्ने भन्दै एक यात्रुले प्रहरीमा उजुरी गरेपछि ट्याक्सी चालकलाई नियमन गर्न सुरु गरेको प्रहरी मंगलवार मात्रै ३१ वटा ट्याक्सीलाई कारवाही गरेको छ । पोखरा नगर क्षेत्रका बिभिन्न स्थानमा मिटरमा चल्न नमान्ने भाडाका ट्याक्सिहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त अप्रेशन गर्दा ३१ ट्याक्सी कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मंगलवार मात्रै ग १ ज १७३९, ग १ ज ४९७४, ग १ ज ३३९४, ग १ ज ४०९०, ग १ ज २१४४, ग १ ज २३२१, ग १ ज १७५०, ग १ ज ३५०५, ग १ ज ३४५९, ग १ ज ४४०९, ग १ ज २००२, ग १ ज २१३६, ग १ ज ४६१७, ग १ ज २५९७, ग १ ज २१०२, ग १ ज ३९३८, ग १ ज १९४४, ग १ ज ५४२४, ग १ ज २०५७, ग १ ज ३९५५, ग १ ज ३००२, ग १ ज २५११, ग १ज ४०६९, ग १ ज २४६८, ग १ ज १६१४, ग१ ज ४१३२, ग १ ज २२५८, ग १ ज ३८४३, ध १ ज ८६१, ध १ ज ६१८, ध १ ज ८०० नं. का ट्याक्सीलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
यी ट्याक्सीका कागजपत्र नियन्त्रणमा लिई जिल्ला ट्राफिक कार्यालय कास्कीमा राखि आवश्यक कार्वाहीको प्रकृयामा अगाडि बढाइएको छ । पृथ्वीचोक, लेकसाईड, एयरपोर्टसाईड, हस्पिटलचोक लगायतको क्षेत्रबाट ट्याक्सी चालकमाथि कारवाही गरिएको हो । ब्यवसायी र प्रहरी विच पटक पटक भएको सम्झौता विपतरीत ट्याक्सी ब्यवसायीले यात्रु ठग्दै आएका थिए । मिटरमा सय डेढ सय भाडा लाग्ने क्षेत्रमा पुग्नलाई ट्याक्सी चालकले पाँच छ सयसम्म लिने गरेका छन । सवैभन्दा वढि ठगी एयरपोर्ट साईडमा हुने गरेको यात्रुको गुनासो छ ।





