शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रधानमन्त्री ओलीको गम्भीर प्रश्न : विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ ?

प्रधानमन्त्री ओलीको गम्भीर प्रश्न : विषादी हालेर फर्सीजत्रो सुन्तला बनाएपछि स्वाद कहाँबाट आउँछ ?


  • Dhorpatan News
  • चैत्र २० २०७५, बुधबार

काठमाडौं, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन्। ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिए। ‘हाम्रो अहिले समस्याको रुपमा रहेको खेतीको खण्डिकरणलाई रोक्नुपर्छ। चक्ला खेती सुरु गर्नु पर्दछ’, उनले भने, ‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ। त्यो ठूलो मात्रामा उत्पादन गर्नु पर्दछ। जसले गर्दा बजारीकरणमा समस्या हुँदैन।’
किसानले कहिले सब्जी सडकमा फालेको, कहिले दुध पोख्नु परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताए। ‘एक डोको कोपी किन्न कोही आउँदैनन्, एक ड्रम दुध किन्न पनि ग्राहक भेटिँदैन’, उनले भने, ‘गाउँभरी एकै प्रकारकोे सब्जी उब्जाउने हो र धेरै टन दुध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै पुग्छन्। किसानले उचित मूल्य पनि पाउछन्।’ प्रधानमन्त्री ओलीले बिषादीका कारण नेपालीको स्वास्थ्य बिग्रदै गएकोमा चिन्ता व्यक्त गरे। ‘खाने प्लेट सफा, चमेज सफा, भाडा सफा। तर चामल, सब्जी चाँही बिषादी मिसिएको छ। यसरी स्वास्थ्यलाई फाइदा पुग्दैन’, उनले भने।
फलफूलका बोट विरुवामा नयाँ नयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको उनको भनाइ छ। ‘फर्सी जत्रो सुन्तला बनाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउछ’, ओलीले भने, ‘लौकामा त्यस्तै। कल्चर गर्ने नाममा खानेकुरालाई नै पागल बनाइएको छ। यिनीहरुको मौलिक गुणलाई कायम राखे मात्र त्यसबाट प्राप्त हुने पोषक तत्वहरु पाउन सकिन्छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->