बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहकारी दिवसमा महानगरको अन्र्तरक्रिया

सहकारी दिवसमा महानगरको अन्र्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७५, बुधबार

पोखरा २० चैत । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीको पबद्र्धन र व्यवस्थापनका बारेमा महानगरले सहकारी ऐन निर्माण गरेको बताएकी छन् । ६३ औ राष्ट्रिय सहकारी दिवसको अवसवरमा पोखरा महानगरपालिकाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले केन्द्र र प्रदेशसंग नबाझिने गरि महानगरले ऐन तथा नियमावली बनाएर सहकारीलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताइन् । उनले भनिन् ‘पोखरा महानगरले सहकारी सम्वन्धि बनाउने ऐन, नियमावली उत्कृष्ट हनेछ ।’
पोखरा देशकै ठूलो महानगर भएकाले कस्तो ऐन बनाउर्छ भन्ने सबैको चासो रहेको बताउदै ऐन र नियमावीहरु अनुशरण गर्नसक्ने गरि बनाउनुपर्ने बताइन । कास्की जिल्ला सहकारी संघका उपाध्यक्ष बलराम गौतमले सहकारीले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
कार्यक्रममा सहकारीकर्मी पुण्यप्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल, महानगर सहकारी व्यवस्थापन समितिका सदस्य ओमप्रसाद सुवेदी लगायतले सहकारीका बारेमा बोलेका थिए । कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले महानगरले बनाएको सहकारी ऐन र महानगर सहकारी व्यवस्थापन समितिका सदस्य भीम गुरुङले अव बन्ने सहकारी नियमावलीमा समावेश गरेर जानुपर्ने विषयका बारेमा जानकारी गराएका थिए । कार्यक्रम पोखरा महानगर सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->