बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

फेवाताल किनारबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा हुदै

फेवाताल किनारबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा हुदै


  • Dhorpatan News
  • चैत्र २९ २०७५, शुक्रबार

पोखरा,२९ चैत  – नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० पोखराको फेवाताल किनारबाट शनिबार घोषण गर्दैछ। भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने सरकारको लक्ष्य रहेको छ।  फेवाताल किनार कोमागाने पार्कबाट शनिबार नेपाल सरकारले भ्रमण वर्ष २०२० को घोषण गर्ने भएको हो। यसका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कायान्वयन समिति सदस्य विप्लव पौडेलले जानकारी दिए। कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल सहभागी हुने भएका छन्।पोखरा देशकै पर्यटकीय राजधानी भएकोले सरकारले पोखराबाट सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषण गर्न लागेको हो। नेपाल भ्रमण वर्ष घोषणसँगै सरकारले विदेशी पर्यटक नेपाल आउन प्रवर्द्धनात्मक कार्यक्रम पनि गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->