आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस

गण्डकीको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७५, शनिबार

पोखरा ,३० चैत- गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष गण्डकी प्रदेशको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार नायव महालेखा परीक्षक पदमराज पौडेलले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कँुवर समक्ष पेस गरेका हुन् ।
प्रदेश सरकार स्थापना भएपछि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको रकमको से्रस्ताको लेखापरीक्षण गरी पहिलो पटक प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरिएको हो । नायव महालेखा परीक्षक पौडेलले प्रदेश प्रमुख कुँवरलाई प्रतिवेदनमा समावेश भएको विवरणको संक्षिप्त जानकारी पढेर सुनाएका थिए ।
प्रदेश प्रमुख कुँवरले प्रतिवेदन सुनेपछि गण्डकी प्रदेशभित्र कानूनबमोजिम राख्नुपर्ने स्रेस्ताहरु र कानून बमोजिम गर्नुपर्ने काम कर्तव्य सन्तोषजन रुपमा गरिरहेका छौं भन्ने बिल्कुल नलागेको बताए । आरम्मै भएकाले कुनै प्राविधिक कारणले दुरुस्त नराखेका कारण महालेखा परिक्षकका कार्यालयले जेजस्ता कमिकमजोरी औंल्याइएको छ त्यसलाई सैवैंधानिक र कानुनी दायित्व पूरा गरेको मान्नुपर्ने प्रदेश प्रमुखको भनाई थियो । नेपालको संविधान धारा २९४ को उपधारा ३ मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अगलअगल प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->