बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

यसरी सुरु गरेका थिए राजा विक्रमादित्यले नयाँ वर्ष

यसरी सुरु गरेका थिए राजा विक्रमादित्यले नयाँ वर्ष


  • Dhorpatan News
  • बैशाख १ २०७६, आइतबार

पोखरा, १ बैशाख – विक्रम संवत् २०७६ को पहिलो दिन आज अर्थात नयाँ वर्ष शुभकामना आदान प्रदान गरी बनाइदैछ । आजको दिन अघिल्लो वर्ष पुरा नभएका संकल्पको समिक्षा तथा नयाँ वर्षमा नयाँ संकल्प समेत गरिन्छ। आफूले गरेका नयाँ संकल्पमा सफलता मिलोस् भन्दै एकअर्कामा शुभकामना व्यक्त गर्ने र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज वर्षको पहिलो दिनलाई स्वागत गरिन्छ। आजको दिन नयाँ कामको थालनिसमेत गर्ने परम्परा रहिआएको छ।
नयाँ वर्षकै दिन आज बिहानै विभिन्न नदी, ताल, कुण्ड तथा पोखरीमा गई स्नात गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ।
नेपालको सम्बत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । विक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ। विक्रम सम्वत भारत उज्जैनका राजा विक्रमादित्यले चलनमा ल्याएका हुन्। विक्रमादित्यले चलनमा ल्याएकोले यो सम्बतलाई विक्रम सम्वत भनिएको हो। नेपालमा सम्वतको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो। त्यस भन्दा पहिले नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग हुने गर्दथ्यो। नयाँ वर्षको पहिलो दिन आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->