शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाड खोलामा निर्माणाधिन पुल भत्कियो, ५ जना घाइते,  हटियामा उपचार हुँदै

बडिगाड खोलामा निर्माणाधिन पुल भत्कियो, ५ जना घाइते,  हटियामा उपचार हुँदै


  • कमल पौडेल
  • बैशाख १ २०७६, आइतबार

बागलुङ ,१ बैशाख -गुल्मीको मुसिकोट नगरपालिका – ७ र  ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल भाँचिदा ५ जना घाइते भएका छन्। घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भैरहेको छ। घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गर्ने तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ। सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कि घाइते भएको अस्पताल श्रोतलाई उदृत गर्दै हटियावाट दिपेश विसीले जानकारी दिएका छन।

शुक्रवारवाट ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी विचवाट भाँचिएको हो। ५५ मिटर लामो सो पक्कि पुल संघिय सरकार सरकार अन्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।  जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण कार्य गरिरहेको थियो। गत वर्ष सोहि स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि सो पक्की पुलको निर्माण भैरहेको थियो। यहि जेठ महिनावाट तर्न मिल्ने गरी तिव्र गतिमा काम भैरहेको पुल भत्किएपछि स्थानियहरु अन्योलमा परेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->