शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्कोटमा भीषण बर्षा र बाढीले पुराएको क्षतिको विवरण संकलन सुरु

गल्कोटमा भीषण बर्षा र बाढीले पुराएको क्षतिको विवरण संकलन सुरु


  • Dhorpatan News
  • बैशाख २ २०७६, सोमबार

गलकोट, २ वैशाख – गल्कोटमा आइतवार आएको भीषण बर्षा र बाढीले पुराएको क्षतिको विवरण संकलन सुरु गरिएको छ । बाढीका कारण गल्कोट नगरपालिका संग जोड्ने र बागलुङ सदरमुकाम आउने मोटरबाटो अवरुद्ध भएका छन् । बाटो अवरुद्ध भएपछि कृषि उपजहरु आयात निर्यात गर्न एवं यात्रुहरुलाई गन्तव्यमा पुग्न समस्या भएको छ ।
बाढीले गौधिखोला आसपासका क्षेत्र जोखिममा परेका छन् । गलकोट नगरपालिका वडा नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामग्री, टेका लगायत सामग्री बगाएको छ । गलकोट नगरपालिका वडा नम्बर २ मा पर्ने पुष्पलाल मध्यपहाडी लोकमार्गमा रहेको पक्की पुलको सतहसम्म बाढी आएको थियो । दुदिलाभाटीका कर्णबहादुर श्रीषको फार्ममा रहेका १६ वटा बंगुर बाढीले बगाएको छ । यस्तै गौदीखोला प्रथम र दोस्रो जलविद्युत परियोजनाको मुहानमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
विद्युतको पोल बगाउदा दुदिलाभाटीमा केन्द्रिय प्रशारण लाईन बन्द भएको छ। विद्युत नभएपछि दैनिक कामकाज ठप्प भएका छन । गल्कोट नगरपालिका–२ नरेठाँटीमा रहेको खानेपानी मुहानमा समेतमा क्षति पुगेको छ । गलकोट नगरपालिकाको दुदिलाभाटि, नरेठाटी, हटिया, हरिचौर मजुवा लगाएतका स्थानमा असिना सहित वर्षाहुँदा त्यहाँका स्थानीय बढि प्रभावित भएका छन् भने गलकोट नगरपालिकाको अन्य क्षेत्रमा आशिंक वर्षा भएकोले त्यति धेरै क्षति नभएको गल्कोट नगरपालिकाले जनाएको छ ।
यसैविच गलकोट नगर कार्यपालिकाको आकस्मिक बैठक वसी क्षतिको विवरण ल्याउन तथा आवश्यक राहत प्रदान गर्नका लागि अनुगमन समित बनाई कार्यविभाजन गरेको छ ।
प्रदेशसभा सांसद मणिभन्द्र कँडेलको नेतृत्वमा दुदिलाभाटी स्थित थलिङ क्षेत्रको स्थलगत अवलोकन गर्ने, उपप्रमुख रेणुका काउचाको नेतृत्वमा भण्डारबन ज्यामिरे, गल्कोट नगरपालिका–१ का वडा अध्यक्ष नेत्र बुढाथोकीको नेतृत्वमा टोड्के क्षेत्रको क्षति बारे जानकारी लिने गरी टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->