शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चट्याङबाट कसरी बच्ने ? मौसमविदले दिए यस्तो सुझाव

चट्याङबाट कसरी बच्ने ? मौसमविदले दिए यस्तो सुझाव


  • Dhorpatan News
  • बैशाख ४ २०७६, बुधबार

काठमाडौं, ४ बैशाख – सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ। सरकारको राष्ट्रिय विपद केन्द्रले बुधवार सामाजिक सञ्‍जाल फेसबुकमा सूचना जारी गर्दै हावाहुरी र चट्याङ तीन दिनसम्‍म आउन सक्‍ने भएकाले यसबाट बच्‍न सबैमा अपिल गरेको हो।

मौसमविद गंगा नगरकोटीले सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने, घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्ने , पानीका धाराहरु बन्द गर्ने, झ्याल तथा भित्तामा अडेस नलगाउने ,अग्लो ठाउँमा नजाने, खुला चौरमा भएमा घोप्टो परेर बस्ने, रुखको नजिक तथा विद्युतका पोल नजिक नजाने, कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्ने, फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामाग्रीहरु नछुने जस्ता विधी उपनाउनका लागि सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->