शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार अर्जुन गिरी तारेखमा रिहा

पत्रकार अर्जुन गिरी तारेखमा रिहा


  • Dhorpatan News
  • बैशाख ५ २०७६, बिहिबार

पोखरा, ५ बैशाख – पत्रकार अर्जुन गिरीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार गिरीलाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको हो । अदालतको आदेश लगतै गिरी रिहा भएका हुन् ।
ठगिको समाचार लेखेका गिरीलाई प्रेस काउन्सिलका कर्मकारीको लापरबाहीका कारण अनलाइन दर्ता नभएको पत्र दिए पछि उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । गिरीको तर्फबाट स्वागत नेपाल लगाएतको टोलीले बहस गरेका थिए ।गिरीको रिहाइको माग गर्दै पत्रकार महासंघ कास्कीले बिहीबार पनि जिल्ला प्रशासन कार्यालय कास्कीको गेटमा १ घण्टा धर्ना दिएका थिए ।
सोमबार साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो । ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो ।
गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहोबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको थियो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो । तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->