शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुलुक आर्थिक समाजवादको बाटोमा : प्रवक्ता श्रेष्ठ

मुलुक आर्थिक समाजवादको बाटोमा : प्रवक्ता श्रेष्ठ

'संघियताको औचित्य र सार्थकताको बोध हुने गरि संघीयता कार्यान्वयनमा सरकार सक्रिय'


  • बालकृष्ण सुवेदी
  • बैशाख ५ २०७६, बिहिबार

पोखरा, ५ बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रबक्ता नारायणकाजी श्रेष्ठले मुलुक आर्थिक समाजबादको बाटोमा अघि बढेको बताएका छन । पार्टीको गण्डकी प्रदेश कमिटीको आयोजनामा संघीय सांसद र गण्डकी प्रदेश सदस्यहरु बिचको अन्तरक्रियामा प्रबक्ता श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक, आर्थिक रुपान्तरणको दिशामा सरकारले काम गरिरहेको दावी गरे ।
उनले भने, ‘आर्थिक वृद्धि र सामाजिक न्याय, आधुनिक बिज्ञान र प्रविधिको प्रयोगलाई केन्द्रित गरि दिगो बिकासको लक्ष्य सहित समाजबादको आधार निर्माणमा लागेका छौ।’ नेता श्रेष्ठले भारतमुखी अर्थतन्त्रलाई फराकिलो बनाउदै चिनसंग आर्थिक सम्झौताहरु गरिएको बताए । आन्तरिक मामिलामा कसैको हस्तक्षेप स्विकार नहुने भन्दै उनले आर्थिक निर्भरताको कारणले भारतले हेप्ने गरेको स्थितिको अन्त्य हुने जिकिर गरे ।
संघियताको औचित्य र सार्थकताको बोध हुने गरि संघीयता कार्यान्वयनमा सरकार सक्रिय रहेको वताउदै श्रेष्ठले प्रदेश सरकारले राज्यबाट प्राप्त बजेट बितरण गर्ने मात्र नभइ रहेका श्रोत साधनलाई परिचालन गर्नुपर्ने बताए । फरक प्रसंगमा पार्टीको सांगठनिक एकता बारेको अन्यौलता अब धेरै नरहने बताए ।
पार्टी एकताको निश्कर्ष वारे भने, ‘बैशाख ९ गते स्थापना दिवसमा एकता प्रक्रिया टुङ्गोमा पुग्ने सम्भावना छैन, दुबै अध्यक्षहरु गृहकार्य गरिरहेको जनाउदै शनिबारको बैठकले सकारात्मक सन्देश दिने छ ।’
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य देव गुरुङले योजना तथा नीति निर्माणको लागि गण्डकी प्रदेशमा भएको छलफल कार्यक्रम नमुनायोग्य भएको बताए । योजनाहरुलाइ प्राथमिकताका आधारमा छलफल र बहस गरेर दिगो बिकासको लक्ष्य हासिल गर्न प्रदेश सरकारलाई आग्रह गरे । अहिले नीति तथा कार्यक्रमको तैयारीमा सरकार जुटेको बताउदै गण्डकी प्रदेशले नमुना योजनाहरु बनाएर केन्द्र सरकारसंग पेश गर्ने आग्रह गरे ।
उक्त कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले छलफलमा प्राप्त सुझावलाई मनन गरि नीति तथा योजना तय गर्ने बताए । चालू आ.ब. मा ऐन कानुन र कर्मचारी समस्याको कारण बजेट खर्च गर्न नसकेको बताए । भएका कर्मचारी समायोजन भएर गएको तर नयाँ कर्मकारी नआएको कारण बजेट कार्यान्वयन हुन नसकेको उनले बताए ।
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा सांसद देबेन्द्र पौडेल, सोमनाथ अधिकारी प्यासी, सहकारी, भूमि सुधार तथा गरिवी निवारण मन्त्री पद्मा आर्याल, महिला बालबालिका तथा जनसंख्या मन्त्री थममाया थापा, रास्ट्रियसभा संसदीय दलको नेता दिनानाथ शर्मा लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशमा सामाजिक आर्थिक सूचकहरुको बर्तमान स्थिति र प्रथम आबधिक योजनाका प्राथामिकता बिषयक कार्यपत्रमाथि छलफल गरिएको थियो । छलफल कार्यक्रममा वोल्ने सांसदहरुले पँहुचको आधारमा नभइ आबश्यकताको आधारमा योजनाहरु छनोट गर्नुपर्नेमा जोड़ दिएका थिए ।
प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले पस्तुत गरेको कार्यपत्रमा सांसदहरुले सुझाब सहित धारणा राखेका थिए । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकीका संयोजक एवं मुख्यमन्त्ती पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका सचिव गोबिन्द नेपाली र स्वागत सहइन्चार्ज खगराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->