बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाढी र असिनापिडितलाई राहत दिन सांसदको ध्यानाकर्षण

बाढी र असिनापिडितलाई राहत दिन सांसदको ध्यानाकर्षण


  • Dhorpatan News
  • बैशाख ७ २०७६, शनिबार

पोखरा, ७ वैशाख  – बाग्लुङका प्रदेश सांसदहरुले बाढी र असिनाबाट पिडित त्यहाँका जनताहरुलाई तत्कालै राहतको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको विशेष समयमा बोल्दै सांसद कोपिला बोहोराले पिडितहरुलाई तत्काल प्रदेश सरकारले राहत उपलब्ध गराउन माग गरिन् ।
विशेष समयमा बोल्दै अर्का सांसद चन्द्र बहादुर बुढाले करोडौँको क्षति पुगेको हुँदा प्रदेश सरकारले जनतामाझ आफ्नो उपस्थिती देखाउन आग्रह गरे । ‘बाढी र असिनापानीले कैयन्, परिवार दुखित् र मर्माहित बनेका छन्, करौडौँको क्षति पुगेको छ, स्वास्थ्यचौकी, विद्यालय लगायत घरहरुमा बाढी पसेको छ, म आग्रह गर्दछु, प्रदेश सरकारले जनताको दुःखमा मल्हम लगाओस् ।’
उनले यसअघि नै मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत बुझाईएको बताए ।
गत चैत २२ को असिनापानीले काठेखोला गाउँपालिका–३ धम्जा, ४ तंग्राम, ५ र ६ बिहुँमा गहुँ, जौ सखाप भएको थियो । स्थानीयका अनुसार काट्न ठिक्क भएको गहुँबाली, चैते मकै लगाएतका बालीनाली असिनाले नष्ट गरेको हो ।
धम्जाको ओखले र असौजेमा भर्खर उम्रेका आलुका बेर्नामा पूर्ण क्षति पुगेको कृषकहरुको भनाई छ ।
यस्तै, नयाँ वर्षको दिन गलकोटमा भिषण वर्षापश्चात आएको बाढीका कारण ५ करोड बराबरको क्षति भएको थियो । त्यस्तै, ३ सय रोपनी खेतीयोग्य जमिनमा बाढी पस्दा खेती नष्ट भएको थियो । बाढीकै कारण २ दर्जन घर विस्थापित भएका थिए भने सिँचाई, खानेपानीमा पनि क्षति पुगेको थियो ।
गलकोट नगरपालिकाका अनुसार १ करोड बराबरको कृषि उपज तथा पशुचौपायाहरु, ५० लाख बराबरको खानेपानी, ५० लाख बराबरको लुघ जलविद्युत गृह, २० लाख बराबरको सिचाँइकुलो तथा ग्रामीण सडक अवरुद्ध हँुदा १ करोड बराबरको क्षति पुगेको छ ।
लामो समयपछि चलेको प्रदेशसभा बैठकमा बाग्लुङका सांसदहरुले पिडितहरुलाई क्षतिपूर्ति दिन प्रदेश सरकारलाई अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->