काठमाडौं,९ बैशाख –लायन्स क्लब अफ पोखरा, सेन्ट्रल सिटिको अध्यक्षमा चेत बहादुर (चेतन) चयन भएका छन् । आगामि कार्यकालका लागि कार्कीको अध्यक्षतमा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा राजेश सिल्पकार, द्धितीय उपाध्यक्षमा उपेन्द« शर्मा अधिकारी, तृतीय उपाध्यक्षमा सुमनराज ढकाल, सचिवमा अर्जुन पौडेल, सह सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा सन्तोष पोखे्रल, सह कोषाध्यक्षमा शिव पौडेल, प्रमुख प्रशासकमा भानुभक्त बराल, पब्लिक रिलेसन अफिसरमा डिल्लिराम अधिकारी र आर्थिक प्रशासकमा शिव ढकाल चयन भएका छन् । निर्वतमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्त्रण गरेको छ ।





