पोखरा ,९ बैशाख – सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा)ले मुलुकका ७७ रै जिल्लाहरुमा नेकपाको जिल्ला नेतृत्व चयन गरेको छ । गण्डकी प्रदेशका ७ जिल्लामा पूर्व एमाले र ४ जिल्लामा पूर्व माओबादी केन्द्रले नेतृत्व पाएका छन । बागलुङमा पूर्व एमालेका ईन्द्रलाल सापकोटा अध्यक्ष र सचिवमा पूर्व माओवादीका ज्ञामनाथ गैरे ,कास्कीमा पूर्व एमालेका कृष्ण थापा अध्यक्ष र माओबादी केन्द्रका बखानसिं तमु तोकिएका छन् । पर्वतमा पूर्व एमालेका पदम गिरी अध्यक्ष र माओबादी केन्द्रका सुदिप कुँवर सचिव ,म्याग्दीमा पूर्व माओबादी केन्द्रका गोबिन्द पौडेल अध्यक्ष र पूर्व एमालेका हरिकृष्ण श्रेष्ठ सचिवमा चयन भएका हुन। स्याङजामा पूर्व माओबादी केन्द्रका सूर्यप्रसाद गैर अध्यक्ष र पूर्व एमालेका मिनबहादुर गुरुङ सचिव ,मुस्ताङमा पूर्व एमालेका चन्द्रमोहन गौचन अध्यक्ष र पूर्व माओबादी केन्द्रका सत्यमोहन गौचन सचिव चयन भएका हुन ।तनहूमा पूर्व एमालेका केदार सिग्देल अध्यक्ष र पूर्व माओबादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने सचिव ,गोरखामा पूर्व माओबादी केन्द्रका लेखबहादुर थापा अध्यक्ष र पूर्व एमालेका प्रेम गुरुङ सचिव ,नवलपुरमा पूर्व एमालेका रोशन गाहा अध्यक्ष र पूर्व माओबादी केन्द्रका मित्रशरण शर्मा सचिव ,लमजुङमा पूर्व माओबादी केन्द्रका मधु अधिकारी अध्यक्ष र पूर्व एमालेका धनञ्जय दबाडी सचिव र मनाङमा पूर्व एमालेका पाल्तेन छोयान गुरुङ अध्यक्ष र पूर्व माओबादी केन्द्रका बेदबहादुर गुरुङ सचिवमा चयन भएका हुन ।





