शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गौदी दरमको संगम स्थानमा बन्यो दह, खोला किनारमा जोखिम

गौदी दरमको संगम स्थानमा बन्यो दह, खोला किनारमा जोखिम


  • घनश्याम गौतम
  • बैशाख १० २०७६, मंगलबार

गलकोट ,१० बैशाख -निरन्तरको बर्षाको कारण गलकोटका बिभिन्न क्षेत्रमा बाढिको जोखीम बढेको छ। गत बैशाख १ गते गौदि खोलामा आएको बाढिका कारण गौदीखोला र दरम खोलाको संगम स्थान सिमखेत तथा स्वर्गद्धारीमा दह बनेको छ । गौदीखोलाले दरम खोला बग्ने ठाउमा ठुङ्गा गिटि तथा बालुबा जम्मागरेपछि दरम खोलामा दह बनेको हो । अहिले दरमखोला उत्त तालबाट ओभरफ्लो भएर बगेको छ । ताल बनेको उत्त ठाउदेखी तलको भागमा उत्त तालको कारण उच्च जोखीम बढेको स्थानिय कोशन बहादुर बस्नेतले जनाकारि दिए। बस्नेतको भनाई अनुसार तालको कारण बर्षाले खोलामा पानीको चाप बढि हुदा उत्त तालको जम्मा भएको पानिसहित ढुङ्गा बगाउदा खोला आसपासका क्षेत्रमा बाढि पस्ने कटान गर्ने जोखीम बढेको छ । सिमखेतका अधिकासं खेतीयोग्य क्षेत्रमा बाढि पस्ने भएकोले गौदीखोलाको सतह परिबर्तन गर्नुपर्ने स्थानियको माग छ । दरमखोलामा बनेको दह करिब १० फिट गहिरो रहेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->